यी हुन् ओखर खाँदा हुने फाइदाहरू

राम्रो स्वास्थ्यको लागि भिटामिन, खनिज, बोसो, कार्बोहाइड्रेटसको आवश्यकता पर्छ। यी सबैको सन्तुलित मात्रा एउटै फल ओखरमा पाइन्छ। ओखर शरीरको सौन्दर्यका लागि पनि निकै लाभदायक छ ।
ओखरकाे अङ्ग्रेजी नाम वाल्नट र वैज्ञानिक नाम जेगलस रेगिया, हो। यसमा बढी मात्रामा क्यालोरी पाइने भएकाले सम्पूर्ण आहार हो। ओखरमा प्रोटिनको अतिरिक्त क्याल्सियम, म्यागनेसियम, फलाम, फस्फोरस, सेलेनियमजस्ता पोषक तत्त्व पाइन्छ।
यसमा रहेको ‘ओमेगा–३ फैटी एसिड’ले शरीरमा हुने दम, अर्थराइटिस, एक्जिमा र सोरासिस रोगबाट बचाउँछ। विशेषगरी जाडोमा खानाले स्वास्थ्यमा सुधार आउनुको साथै रोग प्रतिरोधक क्षमतामा वृद्धि हुन्छ।
बिहान खालीपेटमा ओखर खाँदा उपयुक्त हुन्छ। खालीपेटमा खाँदा यसमा भएका सबै पोषक तत्त्व शरीरमा गएर लाभ पुर्याउँछ र शरीर सबल हुन्छ।
ओखरमा पाइने भिटामिन ‘सी’ ले गर्दा शरीरमा ग्लुटाथियोन उत्पादन गर्नमा मद्दत गर्छ । जसले गर्दा मिर्गौलामा रहेको विषयुक्त पदार्थ बाहिर आउँछ। उच्च रक्तचाप भएको मानिसलाई रक्तचाप नियन्त्रण गर्न ओखरले सहायता पुर्याउँछ। ओखरमा रहेको बोसो र पौष्टिक तत्त्वले शरीरमा इन्सुलिनको मात्रा सन्तुलित राख्नमा सहायक भूमिका खेल्छ।
ओखरमा बढी मात्रामा फाइबर पाइन्छ, जसले मानिसको बढी भोक लाग्ने प्रक्रियामा नियन्त्रण गर्छ। शरीरमा तौल बढ्न कमी आउँछ। यसमा उपलब्ध फाइबरले पेटमा हुने समस्या कब्जियत र एसिडिटी नियन्त्रण गर्छ। क्याल्सियमले हड्डी बलियो बनाउन सहयोग गर्छ।
स्तनपान गराउने आमाले ओखरलाई गाईको घिउमा भुटेर खानाले बालकले बढी मात्रामा दूध प्राप्त गर्छन्। ओखरको तेलले कपाल लामो, बाक्लो, कालो र चम्किलो बनाउँछ भने छाला नरम र स्वस्थ राख्छ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति