काँक्रोले जाेगाउँछ यस्ता राेगबाट

काँक्रो मानव स्वास्थ्यका लागि निक्कै लाभदायी फल हो। गर्मीमा शीतलता प्रदान गर्नुका साथै यसले सौदर्य समेत प्रदान गर्छ। कम फ्याट र क्यालोरीले भरिपूर्ण काँक्रोले धेरै रोग लाग्नबाट बचाउँछ।
काँक्रोमा भिटामिन ए, बी१ बी ६ सी, डी पोटासियम, फस्फोरस, आइरन आदि प्रचुर मात्रामा पाइन्छ।
आयुर्वेदमा रक्त लगायतका रोग निको बनाउनुका साथै रक्त विकार तथा मूत्रलाई सफा बनाउन यसको प्रयोग गरिन्छ। काँक्रोको प्रयोगले पेट र गिजाको दुखाइ कम गर्छ।
यदि मुखमा घाउ आएमा काँक्रोको टुक्रा राखेमा जीवाणु विस्तारै मरेर जान्छ र घाउ निको हुन्छ।
यसमा कोलेस्ट्रोल नभएकाले यसले हृदयघातको रोगीलाई स्वस्थ र लाभकारी बनाइराख्छ।
एक अध्ययनका अनुसार काँक्रोमा स्टेरराला नामक यौगिक रहेको हुन्छ, जसले कोलेस्ट्रोल कम गर्नमा मद्दत गर्छ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति