यस्तो समस्या हुनेले नखानुस् अदुवा

अदुवाको प्रयोग मसला र औषधिका रूपमा हुन्छ। यसले थुप्रै रोगका लागि औषधिको काम पनि गर्छ। तर, स्वास्थ्यसम्बन्धी केही यस्ता अवस्थामा अदुवाको प्रयोग गर्नुहुँदैन।
तौल बढाउन चाहनेले सकभर अदुवा नखाँदा राम्रो हुन्छ। किनकि यसले तौल कम गर्ने काम गर्छ।
रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखाँदा नै बेस। रगत पातलो हुनेसम्बन्धी कुनै पनि समस्या भएकाले अदुवा खानुहुँदैन।
गर्भवतीले पनि अदुवा नखाँदा राम्राे हुन्छ। पछिल्लो तीनमहिना त झनै अदुवा खानुहुँदैन । अदुवाले समयभन्दा पहिल्यै डेलिभरीको समस्या हुन सक्छ ।
मधुमेह वा उच्च रक्तचापको औषधि सेवन गरिरहेकाले पनि अदुवा नखानु राम्राे। किनकि, यसले औषधिसँग मिलेर अझ बढी समस्या निम्त्याउँछ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति