टुथपेस्टको अधिक मात्राले बच्चाको दाँतलाई हानि गर्न सक्छ

काठमाडौंः हामीलाई बिहान बेलुका दाँत माझ्नुपर्छ भन्न थाहा छ तर टुथपेस्ट कति लिने भन्ने अधिकांशलाई थाहा छैन। अझ बच्चाहरूलाई कति दिने भन्नेमा हामी जानकार नै छैनौँ।
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल यान्ड प्रिभेन्सनको अध्ययनअनुसार, तीनदेखि ६ वर्षसम्मका बच्चालाई ब्रसमा केराउको दाना जति टुथपेस्ट दिनुपर्छ।
दन्तमञ्जनको अधिक मात्राले बच्चाको दाँतलाई हानि गर्न सक्छ। अध्ययनअनुसार, करिब ४० प्रतिशत अभिभावक आफ्ना सन्तानलाई निर्धारित मात्राभन्दा बढी टुथपेस्ट दिन्छन्। दाँत उम्रिने बेला भएका बच्चालाई कम टुथपेस्ट दिनुपर्छ किनकि अधिक मात्रामा टुथपेस्ट दिँदा उनीहरूलाई ‘डेन्टल फ्लुओरोसिस’ हुन सक्छ।
अमेरिकन डेन्टल एसोसिएसनको वेबसाइट अनुसार, यसको ठूलो कारण भनेको टुथपेस्टमा फ्लुओराइड हुन्छ र त्यसले दाँतलाई ब्याक्टेरियाबाट सुरक्षित राख्छ। तर यसको अधिक मात्राले दाँतको माथिल्लो पत्रलाई खियाउँछ।
साना बच्चाका लागि टुथपेस्टको कम प्रयोग गर्ने सल्लाह किनकि टुथपेस्ट बाहेक पानी पनि फ्लोराइडको एक स्रोत हो। दाँतमा त्यसले पनि असर पार्छ।
अध्ययनअनुसार, फ्लोरिससको असर दाँत पलाइरहेका बच्चाको दाँतमा मात्र पर्छ। यसले दन्त स्वास्थ्यमा पूरै असर त पार्दैन तर फ्लोराइडको मात्रा नियन्त्रित नगर्दा दाँतको रंग खुइलिन्छ। यसको अत्यधिक मात्राले दाँतको बनावटमा पनि असर पार्छ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल