जिब्रोका लागि खाने कि स्वास्थ्यका लागि?

हिजोआज मानिस जिब्रोको स्वादका लागि खाने गर्छन्। मानिसहरू जंक, स्पाइसी खाना, चाउचाउ आदिमा भुलेका छन्। त्यसैले आजकल धेरैमा कब्जियत, उच्च रक्तचाप र मधुमेह जस्ता समस्या छ।
गाउँघरमा पनि गहुँ मकै बेचेर चाउचाउ र बिस्कुट खाने चलन आएको धेरै भइसकेको छ। फोहोर जम्न नदिने रेशा र शरीरलाई चाहिने पौष्टिक आहार यी मकै भटमास, गहुँ, कोदो, फापर, फलफूल, हरियो सागसब्जी, नफलेको चामल, आँटा, आदिमा प्रशस्त हुन् जसले कब्जियत खुलाउँछ।
त्यसैले ठूलाले मात्र होइन बालबालिकालाई सागसब्जी र फलफूल खान सिकाउनु पर्छ। त्यसमा पनि फलफूलहरू सबैभन्दा राम्रो हो जसलाई शरीरले सजिलै पचाउन सक्छ। स्वस्थ भएपछि जाँगर बढ्छ।
शरीरका लागि खाने भएकाले शरीरलाई नै मापदण्ड बनाएर खानु पर्छ। जे खाँदा शरीर हलुका र सजिलो हुन्छ त्यही खानुपर्छ। जे खाँदा शरीरमा भारीपन आउँछ, थकान र आलस्य बढाउँछ त्यस्तो खाना खानु हुँदैन।
के खाने ?
गहुँको पिठो अर्थात् आँटामा शरीरका लागि चाहिने रेशा छोक्रा र बोक्रा प्रशस्त हुन्छ जसले आन्द्रा सफा गर्न मद्दत गर्छ। सेतो चामलको सट्टा खैरो चामल, खैरो चिनी, गहुँ आदि फाइदाजनक हुन्छन्।
हरियो सागब्जीमा आन्द्रा सफा गर्न चाहिने रेशा प्रशस्त मात्रामा हुन्छ। यसले आँखालाई तेजिलो बनाउँछ। फलफूल सबैभन्दा राम्रो र शरीरले सजिलै पचाउन सक्ने प्राकृतिक खाना हो।
शरीरका लागि आवश्यक पदार्थ हो पानी। पानीले शरीर सफा गरी शरीर शुद्ध राख्छ। त्यसैले नियमित प्रशस्त पानी पिउनुपर्छ।
के नखाने ?
सेताे चामल, मैदाबाट बनेका परिकारहरू खानु हुँदैन। सेताे चिनी, सेताे नुन आदि अत्यन्तै हानिकारक हुन्छन्। प्रयोग गर्नेपरे पनि थोरै गर्ने।
पाउरोटी, केक, मम, बिस्कुट, चाउचाउ, दुनोट, मिठाइ मैदाबाट बनेका हुन्छन्। मैदामा शरीरको पाचन क्रियालाई चाहिने केही हुँदैन। त्यस्ता खानाले कब्जियत गराउँछ। फेरि त्यसमा प्रयोग हुने रसायन (प्रिजर्भेटिभ) हानिकारक हुन्छ।
यस्तै जंक फुड र प्याकेट गरेका खानेकुरा नखाने। पानीपुरी र चटपटे पनि खानु हुँदैन।
कृत्रिम जुस, चिल्लोमा तारे–भुटेका खाना,धेरै पिरो, अमिलो, चिया, कफी कोल्ड ड्रिंक्स आदि। एकचोपटक पाकेको खाना फेरि तताएर नखानु राम्राे। चुरोट, खैनी, रक्सी जस्ता नशालु पदार्थ त छुँदै नछुनुस्।
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्