यसकारण नियमित खानुपर्छ दालचिनी

दालचिनीलाई हामी मसलाका रूपमा प्रयाेग गर्छाैँ। दालचिनी मसला मात्र हाेइन याे बहुगुणकारी औषधि पनि हाे। यसमा हुने पोलिफिनोल नामक तत्त्वले शरीरमा विशेष प्रकारका प्रोटिनहरूको काम बढाई इन्सुलन निस्कासन गर्न सहयोग गर्छ।
घाँटी बसेमा बिहान–बेलुकी दालचिनीको धुलो उमालेर खाने गर्दा केही दिनमै आराम मिल्छ।
रगतमा भएको ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ, जसले गर्दा रगतमा चिनीको मात्रा कम हुने हुँदा यसले मधुमेहका रोगीलाई फाइदा पुर्याउँछ।
जिरा, ल्वाङ र सुठोको मिश्रणमा दालचिनी हाली उमालेर खाएमा रुघाखोकी र ज्वरो ठीक हुन्छ।
दालचिनीको नियमित सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्न मद्दत गर्छ।
मुखको घाउ खटिरा, अजीर्ण, बच्चाको झाडापखाला, बाथ र महिनावारीसम्बन्धी समस्या समाधानका लागि दालचिनी प्रभावकारी हुने बताइन्छ।
चिसोले कपाल दुखेमा दालचिनी र मरिचको लेप बनाई बिहान–बेलुका निधार र कन्चटमा लगाएमा सञ्चाे हुन्छ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल