स्वस्थ रहन गर्नुस् यस्ताे खानपान

स्वस्थ शरीरका लागि खाना अत्यावश्यक छ । तर, मिलाएर आवश्यकताअनुसार खानाको छनोट गर्न भने सक्नुपर्छ। कहिले टन्न खाने र कहिले खाँदै नखाने बानी राम्राे हाेइन। यसले स्वास्थ्यमा खराब असर गर्छ। असन्तुलित भोजन र आवश्यकभन्दा बढी भाेजनले स्वास्थ्यमा असर पु-याउँछ ।
सामान्यतया महिलाका लागि १६ सयदेखि २ हजार किलोसम्म क्यालोरी आवश्यक हुन्छ । पुरुषले भने १८ देखि २४ सयसम्म क्यालोरी सेवन गर्नुपर्छ ।
बिहान उठेपछि खाली पेटमा मनतातो पानी सेवन गर्नुपर्छ। यसले स्वास्थ्यमा थुप्रै फाइदा पुर्याउँछ। एकैपटकमा धेरै पानी पिउनुहुँदैन । दैनिक कम्तीमा डेढदेखि दुई लिटरसम्म पानी पिउनुपर्छ, तर थोरैथोरै गरी । एकैपटक बढी पानी पिउँदा मिर्रगाैलामा असर पुग्न सक्छ ।
दैनिक रूपमा ४–५ पटक खानुपर्छ त्यसैले थोरै, तर छोटो–छोटो समयमा खान आवश्यक हुन्छ। कहिल्यै पनि पेट टम्म हुने गरी खानुहुँदैन। राति धेरै खाने बानी गर्नुहुँदैन। किनकि, रातमा शारीरिक क्रियाकलाप नहुने भएकाले खाना पच्न समय लाग्छ। खाना अपचले मोटोपनको समस्या निम्त्याउँछ।
मासु एकैपटक धेरै सेवन गर्नुहुँदैन। तीनदेखि पाँच टुक्रा जति सेवन गर्नुपर्छ। मानिसको स्वास्थ्यका लागि रातो मासु अत्यन्त हानिकारक हुने भएकाले यसको सेवन नगर्दा राम्रो हुन्छ।
दैनिक आहारमा हरियो सागपात, गेडागुडी, फलफूल, पहेँलो र हरियो खानेकुराको अत्यधिक प्रयोग गर्नुपर्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा