Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

ग्यास्ट्रिकबाट जाेगिन अपनाउनुस् यस्ता उपाय

ग्यास्ट्रिकबाट जाेगिन अपनाउनुस् यस्ता उपाय

ग्यास्ट्रिक खासगरी जीवनशैलीले निम्तिने समस्या हो। यसैकारण समयमै उपचार गरे ग्यास्ट्रिक निको पार्न सम्भव हुन्छ। सबैभन्दा राम्रो त ग्यास्ट्रिक लाग्न नदिनु नै हो। यसका लागि स्वच्छ र ताजा खाना खाने, सागसब्जी, फलफूल, भिटामिनयुक्त खानामा जोड दिनुपर्छ।

दूषित तथा रासायनिक खाना र फास्टफुडले ग्यास्ट्रिक निम्त्याउन मद्दत पुर्याइरहेका छन्। त्यसभन्दा पनि बढी समयमा सन्तुलित भोजन नगर्नाले ग्यास्ट्रिक हुने समस्या घट्न नसकेको चिकित्सक बताउँछन्।

सबै खालका ग्यास्ट्रिकले सामान्यतया उस्तै लक्षण देखाउँछन्  तर ग्यास्ट्रिकका कारण भने फरक हुन्छन् । कुनै ग्यास्ट्रिकले तुरुन्तै लक्षण देखाउँदैनन्।  इन्डोस्कोपी गरेर नमुना जाँच गर्न पठाउँदा ग्यास्ट्रिक भए नभएको पत्ता लाग्छ।

वाकवाकी लाग्ने, कहिलेकाहिं पखाला लाग्ने, खान मन नलाग्ने, पेट फुल्ने, डकार आउने, अपच हुनेजस्ता ग्यास्ट्रिकका लक्षण हुन्। यी लक्षण देखिनेबित्तिकै उपचार गरेमा ग्यास्ट्रिकले अल्सर तथा क्यान्सरको रूप लिन पाउँदैन।

यस्ता छन् ग्यास्ट्रिकबाट बच्ने  उपाय

सन्तुलित भोजन खाने

ठीक समयमा खाने

कम्तीमा दिनको चारपटक खाने

बढी नुन, अजिनोमोटो भएको र पोलेको खानेकुरा नखाने

बासी, ढुसी परेका खानेकुरा नखाने

खाना खानेबित्तिकै नसुत्ने

रक्सी, चुरोट नखाने

खानामा हरियो सागसब्जी र फलफूल प्रशस्त मात्रामा समावेश गर्ने।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

मुटुरोगबाट बच्न विचार व्यवस्थापन

मुटुरोगबाट बच्न विचार व्यवस्थापन

औषधीय गुणले भरिपूर्ण सिस्नो

औषधीय गुणले भरिपूर्ण सिस्नो

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा