यी खानेकुरा कहिल्यै नखानुस् दूधसँग

गाई–भैँसीको दूध मानिसका लागि एक अत्यावश्यक पौष्टिक आहार हो। बच्चादेखि वृद्धसम्मका लागि दूध उपयोगी हुन्छ तर कतिपय अवस्थामा दूध स्वास्थ्यका लागि हानिकारकसमेत हुन सक्छ।
अमिलो फल
सुन्तला, कागतीलगायत अमिला फलसँग कहिल्यैदूध खानु हुँदैन। यी दुई एकैसाथ खाँदा पाचन प्रणालीमा असर पर्छ। पचाउन पनि गाह्रो हुने भएकाले बान्ता हुने सम्भावना हुन्छ।
दही
दही दूधबाटै बन्ने भए पनि यी दुई एकैसाथ सेवन गर्नु हुँदैन। सँगै खाँदा एसिडिटी, पेटमा ग्यास जम्मा हुने र बान्ता हुने समस्या आउँछ। तर, दूध र दही एक घण्टाकाे फरकमा खान हुन्छ ।
मासको दाल
मासको दाल खाएपछि दूध पिउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मास र दूधमा पाइने केही तत्व एक–आपसमा मिल्दा शरीरमा विभिन्न समस्या देखा पर्छ। मासको दाल खाएपछि करिब दुई घण्टापछि दूध पिउन सकिन्छ ।
नुन
नुन वा नुनिला वस्तुमा दूध मिसाएर खानु हुँदैन। यी दुई चिज एकैसाथ लिँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ।
माछामासु
दूध पिएलगत्तै माछामासु खाँदा स्वास्थ्यमा हानि पुग्छ। माछामासु र दूधमा पाइने तत्त्वहरूले विपरीत प्रतिक्रियामा भाग लिने भएकाले यी दुई एकैसाथ खानु राम्रो मानिँदैन।
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्