आरामदायी निन्द्राका लागि…

शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न निद्रा अत्यावश्यक छ। सामान्यतया मानिसका लागि सातदेखि आठ घन्टा निदाउन जरुरी हुन्छ , जसले हाम्रो शरीर र मस्तिष्कलाई आराम प्रदान गर्दछ।
अनिद्रा भयानक समस्या हो । राम्ररी निद्रा पर्दै नपर्नु, बीचबीचमा अनावश्यक निद्रा खुल्नु आदि अनिद्राका लक्षण हुन्। दिनचर्या प्रभावित पार्ने मात्र नभई अनेकौँ रोगको कारणसमेत बन्न सक्छ। अनिद्राबाट जोगिन घरमै केही प्राकृतिक उपाय अपनाउन सकिन्छ।
तनावले गर्दा निन्द्रा नपर्ने हुन्छ । यो बिस्तारै बानीको रूपमा विकास हुन्छ र समस्या बन्दै गएको पाइन्छ। योग र ध्यान गर्दा मानिसलाई तनाव कम हुन्छ । यसले मानसिक समस्याबाट राहत मिल्छ । दिनहुँजसो योग र ध्यान गर्न सके अनिद्रा सुधार गर्न सकिन्छ।
व्यायाम गर्दा शरीरमा एक प्रकारको हर्मोन उत्पन्न हुन्छ । जसले छिटो निद्रा पर्छ । यस्तै, नियमित काम गरिराख्ने मानिसमा अंग र दिमाग थाकिसकेको हुन्छ। फलस्वरूप चाँडो निद्रा पर्छ।
सुत्नुभन्दा अगाडि सकेसम्म थोरै र हलुका खानेकुरा खानुपर्छ। बेलुका धेरै खानेकुरा खानाले कतिपय अंग बढी नै सक्रिय रहनुपर्ने हुन्छ। जसले गर्दा शरीरका अंगहरूले पर्याप्त मात्रामा आराम गर्न पाउँदैनन्। सुत्नुभन्दा करिब दुई घण्टाअघि खाना खानुपर्छ ।
राति अबेरसम्म निद्रा नपर्नुको अर्को कारण शयन कक्षकाे वातावरण पनि हो। जहिले पनि आफू सुत्ने कोठा शान्त र आनन्द लाग्ने हुनुपर्छ। कोठामा बाहिरी प्रकाशको व्यवस्था हुन आवश्यक हुन्छ। साथै, प्रयोगमा ल्याइने कपडा आरामदायी हुनु पर्छ।
बेलुका सुत्नुभन्दा अगाडि चिया, कफी, डार्क चकलेटजस्ता पदार्थको सेवन गर्नुहुँदैन । यस्ता चिज खाँदा निद्रामा असर पुगिरहेको हुन्छ। कफीमा पाइने क्याफेइन नामक तत्त्वले सजिलै निदाउन सकिँदैन। त्यसैले चिया, कफी, कोल्ड ड्रिंक्स, चकलेटजस्ता वस्तुबाट टाढै रहनु राम्राे।
एक अध्ययनअनुसार सुत्नुभन्दा अगाडि तातो पानीले नुहाउँदा निद्रा छिटो पर्नुका साथै गहिरो सुत्ने बानीको विकास हुन्छ। तातो पानीका कारण शरीरमा ताप बढ्छ। बाहिर निस्केपछि एक्कासि चिसो वातावरणमा आउँछ। यसले मस्तिष्कका साथै शरीरका अंगहरू शिथिल हुन्छन् र निद्रा पर्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा