Health TV Online

‘साइड इफेक्ट’ विनै कपाल कालाे बनाउने घरेलु उपाय

‘साइड इफेक्ट’ विनै कपाल कालाे बनाउने घरेलु उपाय

निश्चित उमेरपछि कपाल फुल्नु स्वभाविक हो। तर अचेल कम उमेर वा किशोरवयमै कपाल सेतो हुने समस्या देखिन्छ। कपाल सेतो भएपछि त्यसलाई कालो बनाउन अनेक विधि अपनाइन्छ। रसायनयुक्त मेहेन्दीले कपाल कालो त बनाउँछ तर त्यसले धेरै समस्या पनि निम्त्याउँछ।

पोषणको कमीले पनि कपाल फुल्छ। पोषणयुक्त खानेकुरा पनि सेवन गर्नाले कपाल चाँडै फुल्दैन।

कपाल चाँडै फुल्न नदिन

भिटामिन र मिनरल्स जस्ता भिटामिन बि १२, आइरन, कपर, आयोडिन आदिको कमी हुन दिनु हुँदैन।

एन्टि अक्सिडेन्टयुक्त खानेकुरा सेवन गर्नुपर्छ। ग्रीन टी, अंगुर, हरियो पत्तेदार सब्जी, फल आदि खानुपर्छ।

ड्राइ फुड्स, दूधजन्य परिकार, गाजर, फूल गोभी, तरबुजा, मेवा, सुन्तला सबै मिलाएर सेवन गर्नुपर्छ।

त्यस्तै कपाल कालो बनाउन केही उपाय 

सेतो कपाललाई कालो बनाउन अमला निकै उपयोगी हुन्छ। यसमा रहेको एन्टि एजिङ गुण र पोषक तत्त्व भिटामिन सी मेलनिन कम गर्ने कारकसँग लड्छ र त्यसको निर्माणमा सहयोग गर्छ। केश कालो र घना हुन्छ ।

सुख्खा अमला पिसेर पाउडर बनाउने। त्यसलाई नरिवलको तेलसँग मिसाउने र उक्त मिश्रणले सुत्नुअघि कपाल मसाज गर्नुपर्छ । रातभर त्यतीकै छाडेर बिहान सफा पानीले पखाल्नुपर्छ। यो उपाय निकै प्रभावकारी हुन्छ।

यस्तै नरिवलको तेलले कपाललाई मोश्चराइज राखेर रुखो हुन नदिने मात्र होइन, कपाल झर्नबाट समेत बचाउँछ। साथै यसले कपाललाई पोषण पनि दिन्छ । त्यतिमात्र होइन, नरिवलको तेलको नियमित प्रयोगले सेतो कपाल कालो हुन्छ

दुई चम्चा नरिवल तेलमा कागतीको रस मिसाएर कपालमा मसाज गर्नुपर्छ। एक घण्टापछि कपाल धुनुपर्छ। नरिवलकाे तेलको ठाउँमा बदामको तेल पनि प्रयोग गर्न सकिन्छ।

यस्तै तोरीको तेलमा यस्तो गुण हुन्छ, जसले मेलनिनको उत्पादन बढाउँछ। यसले कपाललाई कालो बनाउन मद्दत गर्छ। साथै तोरीको तेलको पोषणले कपाल बलियो पनि हुन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

खराब कोलेस्टेरोल घटाउने ओखर

खराब कोलेस्टेरोल घटाउने ओखर