काजु खानुस्, यी समस्याबाट बच्नुस्

काजु खाँदा जति स्वादिलो हुन्छ, स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक छ। काजुमा म्याग्नेसियम, कपर, आइरन, पोटासियम लगायत तत्त्व प्रशस्त मात्रामा पाइन्छ। यी तत्त्वले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ। त्यसैले, हरेक दिन काजुको सेवन स्वास्थ्यका लागि फाइदाजनक छ।
यसको सेवनले शरीर कमजोर हुन दिँदैन। यसमा अनेकाैँ प्रकारका भिटामिन पाइन्छ, जसले हाम्रो शरीरलाई मजबुत बनाउँछ। काजुमा प्रशस्त मात्रामा आइरन पाइने हुनाले यसले शरीरमा रगतको कमी पूरा गर्छ। यसमा भरपुर मात्रामा हुने एन्टी ब्याक्टेरियल तत्त्व हुन्छ, जसले हाम्रो छालालाई सुन्दर बनाउँछ।
काजुमामा फस्फोरसको मात्राअधिक हुन्छ, जसले दाँत मजबुत बनाउन सहयोग पुर्याउँछ। काजुमा सोडियमको मात्रा कम हुनुका साथै पोटासियमको मात्रा धेरै हुन्छ, जसले उच्च रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ।
काजुमा सेलेनियम तथा भिटामिन ई प्रशस्त हुन्छ, जसले शरीरलाई विभिन्न समस्याबाट बचाउँछ। यसले पाचन शक्ति बढाउँछ र क्यान्सरको जोखिम कम गर्छ। यसमा भएको जिंक तत्त्वले शरीरलाई इन्फेक्सनबाट बचाउँछ।
काजुमा भिटामिन बी भरपूर मात्रामा पाइन्छ, त्यसैले यसलाई शक्तिवर्धक खानेकुरा पनि भनिन्छ। यसमा कोलेस्ट्रोलको मात्रा न्यून हुन्छ, जसले हृदयघातको जोखिम कम गर्छ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल