शरीरबाट विकार निकाल्न र याैनशक्ति प्राप्त गर्न खानुस् चुकन्दर

चुकन्दर सलगमजस्तै हुन्छ तर फरक के यो भने भित्रैसम्म गाढा रातो हुन्छ। यसले शरीरमा रगतको मात्रा बढाउन सहयोग गर्छ।
आइरनका साथै यो भिटामिन सीको पनि राम्रो स्रोत हो। यसको नियमित सेवनले शरीरलाई भिटामिन ए, बी, बी१, बी२, बी६ र भिटामिन सी प्राप्त हुन्छ। चुकन्दरमा पोटासियम, सोडियम, क्याल्सियम, म्यानिज, फाइबर आदि पनि पर्याप्त हुन्छ। चुकन्दरको सेवनले पर्याप्त उर्जा प्राप्त हुन्छ।
यसबाट प्राप्त हुने आइरनले रक्त निर्माणमा विशेष महत्त्वपूर्ण भूमिका खेल्छ। यसका साथै चुकन्दरको सेवनले शरीरका अनेकौँ हानिकारक पदार्थ बाहिर निकाल्न सहयोग गर्छ।
चुकन्दरको पात पनि निकै फाइदाजनक मानिन्छ। चुकन्दरको पातमा फलको तुलनामा धेरै मात्रामा फलाम तत्त्व पाइन्छ। पातमा भिटामिन ए पनि प्रशस्त पाइन्छ। पातको सेवनले पनि शरीरको विकारयुक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ।
प्रतिदिन एक गिलास चुकन्दरको पिउँदा थुप्रै फाइदा मिल्छ। पुरुषहरूको यौनेच्छा बढाउनमा यो प्रभावकारी मानिन्छ। यसमा पर्याप्त मात्रामा नाइट्रिक एसिड पाइने भएकाले लिङ्ग उत्तेजित नहुने समस्या समाधानमा सहयोगी हुन्छ। यसले यौनशक्ति पनि बढाउँछ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल