Health TV Online

छाेकडा खानुका यी हुन् फाइदा

छाेकडा खानुका यी हुन् फाइदा

छोकडा गर्मीमा हुने फल हो । यो विशेषगरी फल खाडी मुलुक साउदी अरब, कतार दुबई जस्ता देशमा पाइन्छ। बलवर्धक मानेर प्राचीनकालदेखि नै छाेकडाकाे उपयोग हुँदै आएको छ। छोकडा शीतल, मधुर रस भएको, स्निग्ध, रुचिकारक हुन्छ। यो मुटुका लागि राम्रो हुन्छ, तृप्ति दिने खालको हुन्छ।

जाडो मौसममा छोकडा खाँदा धेरै फाइदा हुन्छ। यसमा आइरन, मिनिरल, क्याल्सियम, अमिनो एसिड र फस्फोरस जस्ता भिटामिन अत्यधिक मात्रामा पाइन्छ।

छोकडा नियमित सेवन गर्दा इम्युनिटी पावर बढाउँछ। यसमा ग्लुकोजको मात्रा अध्याधिक भएका कारण शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

नियमित खानाले तपाईको अनुहार चम्किलो हुने र अनुहार सधै फ्रेस राख्न मद्दत गर्छ । तौल कम छ भने छोकडा खानाले तपाइलाई धेरै फाइदा पुर्याउँछ। यसमा सुगर, भिटामिन र प्रोटिन पाइने हुनाले हरेक दिन चार देखि पाँचवटा छोकडा खानाले केही दिनमै तौल बढ्छ।

थकाइ लागेको भए पनि तुरुन्तै शक्ति प्राप्त हुन्छ। यसलाई दूधमा मिसाएर खानाले सेक्स पावर पनि बढ्छ। छोकडामा भरपूरमा मात्रामा पोषक तत्त्व पाइन्छ। यसले शरीरलाई स्वस्थ राख्‍नुका साथै रोगबाट लड्न प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने शक्ति प्रदान गर्छ।

यो गर्भवती महिला तथा बालबालिकाको लागि धेरै लाभकारी हुन्छ। किनकी सय ग्राम छोकडामा ०.९० मिलिग्राम आइरन पाइन्छ। यो झाडापखाला लागेको बिरामीलाई अचुक औषधि हो। यसमा पोटासियमको मात्रा भरपुर हुन्छ जसले झाडापखालामा प्रभावकारी रूपमा काम गर्छ।

छोकडा कब्जियतमा पनि निकै फाइदाजनक मानिन्छ। मानिसलाई कब्जियत भएमा राति एक गिलास पानी छोकडा भिज्‍न दिने र भोलिपल्ट बिहान यसको जुस खाने गर्नाले आराम दिन्छ।

हृदयको लागि उपयुक्त एवं फाइदाकारी मानिन्छ, छोकडा। छोकडालाई सफा गरेर पानीमा रातभर भिज्‍न दिनुस् बिहान उठेर नियमित पिउनाले शरीरलाई फूर्ति प्रदान गर्छ।

यति मात्रै नभएर छोकडाले मानिसमा ब्लडप्रेसरको समस्यालाई समाधान गर्छ। यसमा रहेको पोटासियमले ब्लड प्रेसरलाई नियन्त्रित
गर्ने गर्दछ। ५\६ छोकडामा करीब ८० मिलिग्राम म्याग्निसियम पायन्छ। जसले हाम्रो रगतलाई राम्रोसँग सञ्‍चार गराउँछ र शरीरलाई फाइदा पुर्‍याउँछ।

नसासम्बन्धी रोगलाई यसले निक्कै फाइदा पुर्‍याउने गर्दछ। पोटासियमले भरपुर मात्रामा शरीरको नसालाई खतरा हुनबाट जोगाउँछ। यदि प्रत्येक दिन ४ सय मिलिग्राम पोटासियम हाम्रो शरीरलाई प्राप्त भएमा नशासम्बन्धी ४० प्रतिशत कम हुन्छ।

यसका साथै छोकडाले शरीरलाई चाहिने भिटामिन ए, बी र सीको मात्रालाइ समेत परिपूर्ति गर्छ। जसले शरीरलाई र आँखालाई चाहिने सबै तत्त्व पाउँछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

खराब कोलेस्टेरोल घटाउने ओखर

खराब कोलेस्टेरोल घटाउने ओखर