दिनहुँ एक चम्चा मह खानुका यस्ता छन् फाइदा
काठमाडौं : मह खाँदा जति स्वादिलो हुन्छ, औषधिको रूपमा यसको महत्त्व विशिष्ट छ। आयुर्वेदमा समेत यसको महत्त्व बताइएको छ यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ। सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ।
महका फ्याट, कोलेस्ट्रोल र सोडियम हुनाले यसले रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउँछ। यसमा एन्टिसेप्टिक, एन्टिबायोटिक, भिटामिन बी१ र बी६ भरपूर मात्रा हुन्छ। स्वास्थ्य र सुन्दरता दुवैका लागि लाभदायक हुन्छ।
बिहान खाली पेट मनतातो पानीमा मह र कागतीको रस मिसाएरू पिउँदा स्वास्थ्यलाई राम्रो गर्छ। दिनको दुई चम्चा मह खाँदा खोकी लाग्दैन। यसमा एन्टीमाइक्रोबियल गुण भएकाले गर्दा संक्रमण उत्पन्न गर्ने ब्याक्टेरियालाई नष्ट पार्छ।
महमा भएको ग्लुकोजलाई शरीरले तत्कालै सोस्छ जसले गर्दा शरीरमा ऊर्जा कायम रहन्छ। व्यायामअघि दुई चम्चा मह खाँदा थकान अनुभव हुँदैन।
महले रगतमा ‘पोलिफोनिक एन्टीअक्सिडेन्ट’को स्तर बढाउँछ जसले गर्दा मुटुरोगबाट बचाउँछ। महबाट ‘सेरोटोनिन’ रसायन निस्कने भएकाले ‘मूड’ राम्रो बनाउन मद्दत गर्छ। शरीरले यो सेरोटोनिन रसायनलाई मेलाटानिन रसायनमा परिवर्तन गर्छ।
अनिद्राको समस्या छ भने राति सुत्नुअघि एक गिलास तातो दूधमा मह मिसाएर खाँदा राम्रो निद्रा लाग्छ। दिनदिनै एक चम्चा मह तातोपानीमा हालेर पिउँदा रक्तचाप नियन्त्रणमा रहन्छ।
महले भोकलाई नियन्त्रणमा राख्ने भएकाले तौल घटाउन सहायता गर्छ। राति सुत्नुअघि मह सेवन गर्दा बढी क्यालोरी डढ्छ।
महले छालाका लागि प्राकृतिक ‘मोइस्चराइजर’को काम गर्छ। यसले छालामा आर्द्रता कायम राख्छ र डण्डीफोर, दाग र छाला सुक्खा हुने समस्या हटाउँछ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल