घट्दैछ तापक्रम, बढ्दैछ चिसाे, रहनुस् सचेत!

पुसकाे उत्तरार्धतिर लाग्दैगर्दा काठमाडौं उपत्यकालगायत देशभर चिसो बढिरहेको छ। उपत्यकामा सोमबार बिहानको तापक्रम ०.५ डिग्री सेल्सियस पुग्यो। तापक्रम घट्ने क्रममै छ।
चिसोसँगै सावधानी नअपनाउँदा वा लापरबाही गर्दा ज्वरो, रुघाखोकीका बिरामी बढ्छन्। मौसमी रुघाखोकी ‘टाइप ए इन्फ्लुएन्जा’ नामक भाइरसको सङ्क्रमणबाट हुन्छ। जाडोको समयमा मौसमी रुघाखोकीका कारणले धेरैजसो पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धा जोखिममा हुन्छन्। मौसम बदलिने बेलामा यसको सङ्क्रमण बढी हुन्छ। यतिखेर हाम्रो अस्पतालमा पनि चिसोका कारण आउने विरामीहरु बढिरहेका छन्।
मौसमी रुघाखोकी लाग्दा सास फेर्न गाह्रो हुने, लगातार ज्वरो आउने, शरीर दुख्ने, टाउको दुख्ने, आलस्य हुने, घाँटी दुख्ने जस्ता समस्या देखिन्छ। यो सामान्य उपचारबाट निको हुने भए पनि समयमा उपचार नगर्दा नसोचेको परिणाम आउन सक्छ। दम, मधुमेह जस्ता दीर्घरोग लागेका व्यक्ति, साना बालबालिका र वृद्ध व्यक्तिमा यसको सङ्क्रमण चाँडो हुन्छ। त्यसैले पनि यस्ता ब्यक्तिहरु बढी सचेत हुनुपर्छ। जोखिममा हुन्छन।
यसबाट बच्न सावधानी अपनाउन जरुरी हुन्छ। मुख्यतः व्यक्तिगत सरफाइ महत्त्वपूर्ण हुन्छ। मौसमी रुघाखोकीबाट बच्न र अरु व्यक्तिमा सर्न नदिन खोक्दा, हाच्छ्युँ गर्दा मुख छोप्ने, भिडभाडमा नजाने र साबुन पानीले नियमित हात धुने गर्नुपर्छ।
तातो झोल पदार्थ प्रसस्त खाने गर्नुपर्छ। घरमा बसेर आराम गर्ने, ताताे पानीकाे बाफ लिने गर्नुपर्छ। चिकित्सकको सल्लाह अनुसार ‘फ्लु भ्याक्सिन’ लगाउँदा यसबाट बच्न सकिन्छ।
बाहिर जाँदा न्यानो कपडा लगाउने, घरमै बस्दा पनि कोठा न्यानो बनाएर बस्ने गर्नुपर्छ। कोठा न्यानो बनाउने नाममा ग्यास वा बिजुलीका हिटर वा दाउरा बालेर सुत्दा आगलागी हुनसक्ने वा अक्सिजन नपुगेर ज्यानै जानसक्नेतर्फ पनि सचेत हुनुपर्छ।यस्ता घटनाहरू बढिरहेका छन्।
शुक्रराज ट्रपिकल तथा सरूवाराेग अस्पतालका प्रवक्ता अनुप बाँस्ताेलासँग हेल्थ टिभी अनलाइनका दिवाकर तिमिल्सिनाले गरेकाे कुराकानीमा आधारित।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै