बहुगुणकारी कुरिलाे

कुरिलो तरकारी वा सुप बनाएर खाने चलन छ। खाँदा जति स्वादिलो हुन्छ कुरिलो स्वास्थ्यका लागि उति नै फाइदाजनक छ।
कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन, फाइबर तथा क्याल्सियम साथै विभिन्न पौष्टिक तत्त्व पाइन्छ।
यसलाई विभिन्न रोगहरूमा अत्यन्त लाभकारी औषधिको रूपमा प्रयोग गर्न सकिन्छ। कुरिलोलाई तरकारी बनाएर तथा सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ।
कुरिलो खानाले शरीरलाई शक्ति प्राप्त हुनुका साथै दुर्बलता हटाउन तथा महिनावारी गडबडीमा याे उपयोगी हुन्छ।
यस्तै, भर्खरै बच्चा जन्माएका सुत्केरी महिलाहरूमा दूध नआउने समस्या भएमा नियमित रूपमा कुरिलो खाने गर्नाले दूध आउने चिकित्सकहरू बताउँछन्।
यसको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीमा मिलाएर खाने गर्नाले पुरुषहरूको वीर्य बढ्छ। यसैगरी पिशाब पाेल्ने समस्यामा पनि कुरिलाे महत्त्वपूर्ण औषधि हाे।
कुरिलोको नियमित सेवनले क्यान्सर हुनबाट बचाउँछ। साथै यसकाे प्रयाेग क्यान्सर रोगीका लागि फाइदाजनक हुन्छ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल