Health TV Online

यसरी पाउनुस् धूमपानकाे कुलतबाट छुटकारा

यसरी पाउनुस् धूमपानकाे कुलतबाट छुटकारा

धूमपान स्वास्थ्यका लागि हानिकारक छ। यो कुरा सबैलाई थाहा छ तर, शिक्षित व्यक्ति नै धूमपान गरिरहेको भेटिन्छन्।

चुरोट तथा सुर्तीजन्य पदार्थमा निकोटिन, टार जस्ता स्वास्थ्यलाई हानि पुर्याउने रसायन पाइन्छ। यसको बानी प्राणघातक सावित हुन सक्छ।

तपाईँसँग इच्छाशक्ति छ भने धूमपान वा सुर्ती छाड्ने थुप्रै तरीका छन्–

तलतल लागेमा लामो श्वास लिएर आफ्नो ध्यानलाई अन्यत्र मोड्ने कोसिस गर्नुहोस्।

तलतल बढी नै लाग्यो भने प्रशस्त पानी र फलफूलको जुस पिउनुहोस्।

आफूलाई सकेसमम व्यस्त राख्नुहोस्।

दिमाग एकोहाेराे भएका बेला धूमपान गर्न मन लाग्ने भएकोले मनपर्ने गीत सुन्ने, पुस्तक पढ्ने वा अन्य मन लाग्ने कृयाकलाप गर्नुहोस्।

लत लागेका तीनचार जनाले एकैचोटि धूमपान त्याग्ने निधो गरेमा सम्भव हुन्छ। लतलाई एकाएक त्याग्नुस्। भोलि या पर्सि छोड्छु भनेर दिन हेरेर नबस्नुस्। यसो गरे कहिले पनि धूमपान त्याग्न सकिँदैन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

खराब कोलेस्टेरोल घटाउने ओखर

खराब कोलेस्टेरोल घटाउने ओखर