उच्च कोलेस्ट्रोल नियन्त्रण गर्ने उपाय

उच्च कोलेस्ट्रोल भनेको रगतमा बोसोको मात्रा बढी हुनु हो । जसले गर्दा बोसो रक्तनलीको भित्तामा टाँसिएर यसलाई साँघुरो बनाउन सक्छ र रक्तप्रवाहमा कमी हुनसक्छ ।
सर्वप्रथम उच्च कोलेस्ट्रोल भएकाले यो किन बढिरहेको छ भन्ने कारण खोज्न जरुरी हुन्छ । कोलेस्ट्रोल बढी हुनुको प्रमुख कारण चिल्लो खानाको अत्यधिक प्रयोग नै हो । त्यसैले पहिले खानामा सुधार गर्नुपर्छ । शाकाहारी खानामा कोलेस्ट्रोल कम हुन्छ । फलफूल र सागसब्जीमा कोलेस्ट्रोल हुँदैन भन्दा पनि हुन्छ । त्यसैले यस्ता खानामा जोड दिनुपर्छ । दुध र दुधबाट बनेका खानामा कोलेस्ट्रोल बढी हुने भएकाले यस्ता खानामा नियन्त्रण गरेको राम्रो मानिन्छ ।
उच्च कोलेस्ट्रोल भएकाले रातो मासु र अण्डाको प्रयोग सकेसम्म कम गर्नुपर्छ । खानामा सुधार गरेको तीन तीन महिनामा लिपीड प्रोफाइल जाँच गरेर हेर्नुपर्छ । कोलेस्ट्रोलको मात्रा बढी भए औषधिको सेवन गर्नुपर्छ । कोलेस्ट्रोलको मात्रा नियन्त्रणमा आएपछि चिकित्सकको सल्लाह अनुसार औषधि घटाउन या बन्द गर्न सकिन्छ ।
उच्च रक्तचाप, मधुमेह मुटुरोग भएका र मोटा ब्यक्तिलाई कोलेस्ट्रोल हुने सम्भावना बढी हुन्छ । त्यसैले यस्ता ब्यक्ति अझ सतर्क रहनपर्छ । उच्च कोलेस्ट्रोल ह्दयघातको प्रमुख कारण हो । त्यसैले यसलाई नियन्त्रण गर्न जरुरी छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्