यस्ता छन् फाइदा, तामाकाे भाँडामा राखिएकाे पानी पिउनुकाे

आयुर्वेदमा बिहान सबेरै अर्थात् उठ्नेबित्तिकै तामाको भाँडामा राखिएको पानी पिउन सिफारिस गरेको छ। विभिन्न अध्ययनबाट पनि तामाको भाँडामा राखिएको पानी स्वास्थ्यका लागि फाइदाजनक हुने विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ।
तामाको भाँडामा राखिएको पानीमा पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ जसले शरीरको दूषित पदार्थ वा टक्सिनहरूलाई बाहिर निकाल्न सहयोग गर्छ। हरेक दिन बिहान खाली पेटमा यस्तो पानी पिउँदा पर्याप्त लाभ लिन सकिन्छ।
यस्तो पानी तामाको भाँडामा कम्तीमा पनि आठ घण्टा राखिएको हुनुपर्छ। तामाको भाँडामा राखेको पानी पिउँदा हुने फाइदाहरू–
तामाको भाँडामा राखिएको पानीमा पर्याप्त मात्रामा कपर पाइन्छ जसलाई पिउँदा शरीरमा रगतको कमी हुँदैन।
तामाको भाँडामा राखिएको पानी पिउँदा कोलेस्ट्रल बढ्दैन र मुटुरोग हुनबाट बचाउँछ।
तामाको भाँडामा राखिएको पानीमा युरिक एसिड पाइने हुँदा नियमित पिउनाले जोर्नीको दुखाइ कम गर्न सहयोग पुर्याउँछ।
यसले शरीरका विषाक्त पदार्थलाई बाहिर पठाउन मद्दत गर्छ। फलस्वरूप तौल बढ्न पाउँदैन।
तामाको भाँडोमा राखिएको पानीमा विद्यमान कपरले थाइराइड नामक हर्मोनलाई सन्तुलनमा राख्छ, जसले थाइराइडको समस्या हुन दिँदैन।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल