Health TV Online
Health TV Online

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

उच्च रक्तचाप

उच्च रक्तचापको समस्या भएकाहरूले खानपानमा विशेष ध्यान दिनुपर्छ। उच्च रक्तचापको समस्या हुनेले सकेसम्म खसी तथा राँगाको मासु नखाँदा राम्रो हुन्छ। यस्तै, चिल्लो र बोसो भएको मासु सकेसम्म नखानु बेस हुन्छ। रक्तचापको समस्या हुनेले सकेसम्म कुखुरा तथा माछा खानु राम्रो हुन्छ।

ग्यास्ट्रिक

ग्यास्ट्रिकको समस्या हुनेहरूले  मासु तथा अन्य खानेकुराको परिकार खाँदा विशेष ध्यान दिनुपर्छ। ग्यास्ट्रिकको समस्या हुनेहरूले सकेसम्म तेलमा तारेको तथा धेरै मसला हालेर बनाइएको र मसलादार मासु नखाँदा राम्रो हुन्छ। बढीभन्दा बढी फलफूल र हरियो सागसब्जी खानुपर्छ।

मुटुसम्बन्धी समस्या

कोलेस्ट्रोल र मुटुसम्बन्धी समस्या हुनेले रातो मासु खानु राम्रो हुँदैन। यस्ता समस्या हुनेले फलफूल तथा हरियो सागसब्जी खानु बेस हुन्छ।

मधुमेह 

मधुमेहका रोगीले पनि भरसक रातो मासु नखाँदा नै राम्रो। मासुबाहेक दाल, गेडागुडी, पनिर, दूध, दही, अादि खाँदा राम्रो हुन्छ ।

युरिक एसिड

युरिक एसिडको समस्या हुनेहरूले पनि मासु कम खाएको राम्रो हुन्छ। मासुमा धेरै प्रोटिन हुने हुँदा यसले शरीरमा युरिक एसिड बढाएर जोर्नीहरू दुख्छ।

पित्तथैली तथा मिर्गौलासम्बन्धी बिरामी

यी समस्या भएकाहरूले पनि मासु कम खानु राम्रो हुन्छ। यी बिरामीहरूले सकेसम्म फलफूल तथा सलाद खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।

थप समाचार

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला