अाैषधि पनि हाे ल्वाङ, यसरी लिनुस् फाइदा

मसला र औषधिका रूपमा ल्वाङको प्रयोग धेरै अघिदेखि हुँदै आएको छ। ल्वाङमा धेरै औषधीय गुण छन्। यसले सानातिना स्वास्थ्य समस्यामा लाभ पुर्याउँछ।
–मुखमा घाउ भएको भने दुईतीनटा ल्वाङ हल्का भुटेर मुखमा राख्ने र चुस्ने। ८–१० गोटा ल्वाङ पिसेर नरिवल तेलमा मिसाउने र मसाज गर्ने गर्दा टाउको दुखाइबाट राहत पाउन सकिन्छ।
–एक लिटर पानीमा ८–१० गोटा ल्वाङका राखेर पानी उमाल्ने। पानी मनतातो भइसकेपछि पिउँदा रुघा र ज्वरो आएको मानिसलाई फाइदा पुर्याउँछ।
– पेटमा जुका परेको छ भने ३–४ गोटा ल्वाङ पिसेर एक चम्चा महमा मिसाउने र केही दिनसम्म खाने गर्नाले राहत पाउन सकिन्छ।
–एक कप उमलिएको पानीमा दुइटा ल्वाङ पिसेर हाल्ने, पानी चिसो भएपछि पिउने गर्दा पेटमा ग्यासको समस्याबाट राहत मिल्छ।
–गर्धन दुखेको समस्यामा तोरीको तेलमा केही वटा ल्वाङका पिसेर मिसाउने र गर्धनका मसाज गर्दा दुखाइ अन्त्य हुन्छ।
–दाँत दुखेमा दुई तीनवटा ल्वाङ पिसेर एक चम्चा कागतीको रसमा मिसाउने र यो मिश्रण दाँतमा घस्ने गर्दा राहत पाइन्छ।
–दुई तीनवटा ल्वाङसँग एउटा सुकुमेल चपाउने गर्दा सास गन्हाउने समस्याबाट मुक्ति पाइन्छ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल