यी स्वास्थ्य समस्यामा उपयाेगी छ, बेसार

काठमाडौं : हाम्रो भान्छामा कहिल्यै नछुट्ने वस्तु हो बेसार। खानालाई आकर्षक र स्वादिष्ट बनाउने कारण दाल, तरकारी र अचारमा मसलाको रूपमा बेसार प्रयोग हुन्छ। यसको गानाेलाई औषधी एवं मसलाको रूपमा प्रयोग गरिन्छ।
विभिन्न अध्ययनले बेसार स्वास्थ्यका लागि ज्यादै उपयोगी भएको देखिएकाे छ। बेसारमा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, करक्युमिन, भिटामिन ‘ए’ बाहेक गम, स्टार्च, क्यान्सियम आदि तत्त्व पनि पाइन्छ। यी तत्त्व स्वास्थ्यका लागि ज्यादै फाइदाजनक छन्।
यसमा पाइने रासायनिक तत्व ‘करक्युमिन’ एन्टि अक्सिडेन्ट, एन्टि इनफलामसेन (सुजन हुनबाट रोक्न) का लागि प्रभावकारी मानिएको छ। शरीरका कोषको आकारलाई बढ्न नदिने, क्यान्सर कोषहरूलाई अर्को अंगमा फैलिन नदिने मानिएको छ ।
रासायनिक तत्त्वका कारण उत्पन्न क्यान्सरमा पनि बेसारले सुरक्षात्मक भूमिका खेल्छ। यसले ब्याक्टेरियाविरूद्ध पनि प्रभावकारी भूमिका खेल्छ। बेसार मधुमेह, चर्मरोग, मूत्ररोग, शीतपित्तमा पनि उपयोगी मानिएको छ। आयुर्वेदको अौषधी पाचन अंगको समस्या, ग्यास एवं पीडा कम गर्न ,रक्तस्तम्भकको रूपमा र पिसाबमा रगत देखिने, रक्तअल्पता, बाथजस्ता समस्यामा प्रयोग हुन्छ।
छालाको रोगहरूमा बाह्य एवं आन्तरिक प्रयोगको लागि पनि त्यत्तिकै प्रभावकारी मानिएको छ। बेसार कोलेस्ट्रोल कम गर्न पनि प्रभावकारी देखिन्छ। साधारणतया ३–५ ग्राम प्रतिदिन खाना वा अन्य पेय पदार्थमा राखेर प्रयोग गर्न सकिन्छ। स्वरस १०–२० मिलिग्राम, चूर्ण १–३ ग्राम प्रयोग गर्न सकिन्छ।
बेसार प्रयोग गर्दा मृगौला पित्तथैलीको पत्थरी हुनेहरूले ख्याल गर्न जरुरी छ। किनकि यसमा अत्यधिक मात्रामा क्याल्सियम हुन्छ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल