नुनसँग गाँसिएका गलत धारणा छाडाैँ

अत्यधिक नुनको सेवनले रक्तचाप बढाउँछ। स्वस्थ मानिसले पनि खानामा नुन कम खानुपर्छ। नुनिलो खानेकुराहरूको प्रयोग सकेसम्म कम गर्नुपर्छ। उच्च रक्तचाप भएको बिरामीले नुनको सेवनको बारेमा अझ बढी सावधानी अपनाउनुपर्छ।
दिनहुँ एक चिया चम्चा भन्दा बढी नुन खानु हुँदैन। तर नुन खाँदै नखानु वा अत्यन्त कम खानु उल्टै हानिकारक हुनसक्छ। नुन कम खानु रक्तचाप कम गर्ने एउटा तरिका त हो, तर नुन मात्रै कम खाएर रक्तचाप नियन्त्रण गर्न खोज्नु बुद्धिमानी पक्कै होइन।
हाम्रो समाजमा नुनसँग धैरै गलत धारणाहरू गाँसिएका छन्। यसकारण कहिलेकाँही नुन कम खाएर बेहोश भई बिरामीलाई अस्पताल पुर्याउन परेको धेरै घटना हामीले पनि देख्ने गरेका छौं।
नुन धेरै नै कम खायो भने सोडियमका मात्रा रगतमा कम भएर मान्छे बेहोस हुनसक्छ। कहिलेकाँही नुनको कमीले सिकिस्त भएर बिरामीकाे ज्यान पनि जानसक्छ। घरमा सामान्य नुन हालेर खाना खान मिल्छ। मूलतः बढी नुनिलो खाना नखाने, खानामा नुन नथप्ने, लो सोडियम नुनको प्रयोग गर्ने आदि रक्तचाप नियन्त्रण गर्ने सरल उपाय हुन्।
नुनको सट्टामा मसला र कागतीको प्रयोग गरेर खानालाई स्वादिष्ट बनाउन सकिन्छ।
मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलको म पनि डाक्टर पुस्तकबाट
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल