क्यान्सरबाट बच्ने र बचाउने उपाय

शरीरको कोष वा कोषिका समूहको अस्वाभाविक वृद्धि हुनुलाइ क्यान्सर भनिन्छ। यदि यसको उपचार समयमै गरिएन भने शरीरभर फैलिन्छ र अन्ततः यो मृत्युको कारण बन्न सक्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार– सन् २०१२ मा विभिन्न क्यान्सरबाट मृत्यु हुनेको संख्या झण्डै आठ करोड २० लाख छ। ‘वर्ल्ड क्यान्सर रिसर्च फण्ड’ नामक संस्थाले आहार, तौल नियन्त्रण, स्तनपान, सक्रिय जीवन शैली आदिलाई क्यान्सरसँग जोडेको छ।
विज्ञान प्रविधि, शहरीकरण र औद्योगीकरणले मानिसको जीवनशैलीसँग खानपानमा पनि ठूलो परिवर्तन आएको छ। फलस्वरूप विभिन्न प्रकारका नसर्ने रोगको संख्या क्रम बढ्दो छ। त्यसैले हरेक व्यक्ति सतर्क भए मात्र बढ्दो संख्या घटाउन सकिन्छ।
रोग लाग्न नदिन वा लागेमा, नियन्त्रण गर्न खानाको ठूलो भूमिका हुन्छ। दैनिक उपभोग्य प्राकृतिक खाद्य पदार्थहरू सबै लाभदायक नै हुन्छन् तर शारीरिक अवस्था भने ख्याल गर्नु अति आवश्यक हुन्छ।
क्यान्सरबाट बच्न र बचाउने खानेकुराहरू–
खैरो चामल, गहुँ, कोदो, मकै, फाफर, जौ, उवा आदिमा कार्बोहाइड्रेट साथै प्रोटिन, भिटामिन र रेशा पाइन्छ। यी खानेकुराहरु शरीरको लागि मुख्य शक्तिको स्रोत हो। सकभर पालिस ननभएको अन्नको प्रयोग गरौँ।
सबै किसिमका दाल तथा गेडागुडीहरू प्रोटिनको मुख्य स्रोत हो। दाल तथा गेडागुडी दैनिक ५०–१२५ ग्राम खान सकिन्छ। टुसा उम्रेका गेडागुडीमा पाइने प्रोटिन शरीरले सजिलै पचाउन सकिने साथै भिटामिन सी, रेशा र लाैह तत्त्व पनि पाइन्छ। विशेष गरी शाकाहारीले अन्न र गेडागुडी एकै साथ खाने गरेमा भिटामिन बी को कमी हुन पाउँदैन।
तरकारी तथा फलफूलमा प्रचुर मात्रामा भिटामिन र खनिज तत्त्व रहेको हुन्छ जसले रोग प्रतिरोधात्मक शक्ति वृद्धि गराउँछ। त्यसैले हरेक दिन ५००–६०० ग्राम तरकारी खाना र खाजामा समावेश गर्नुपर्छ। हरियो सागसब्जी, तरकारी र फलफूलमा रेशा पाइन्छ, जसले मानव शरीरलाई विभिन्न क्यान्सरबाट बचाउँछ।
दूध, दही, माछा, मासु, अण्डा, जनावरीय स्रोत प्रोटिन हो। यी खाद्य पदार्थहरू नियमित रूपमा खान खकिन्छ तर चिल्लाको मात्रालाई ध्यानमा राखी खानुपर्छ।
सकेसम्म रातो मासु जस्तै– खसी, बोका, राँगा, बंगुर, भेडा उपभोग नगर्नु उचित हुन्छ। त्यसको सट्टा माछा वा कुखुराको फल मासु ६०–९० ग्राम लिन सकिन्छ। डढ्नेगरी पोलेको र धुँवामा सेकेको खाना धेरै खाए क्यान्सर हुने सम्भावना बढी रहन्छ। त्यसैले बफ्याएर वा उसिनेर खानु नै स्वास्थ्यको लागि लाभदायक हुन्छ।
बजारमा उपलब्ध सबै प्रकारका तेल (तोरी, मकै, भटमास, आदि)मा समान रूपमा चिल्लो हुन्छ। तर ‘मोनोअनस्याचुरेटेड’ र ‘पोलिअनस्याचुरेटेड’ तह\मात्रा भने फरक फरक हुन्छ। त्यसैले फरक फरक तेल प्रयोग गर्न सकिन्छ। चिल्लो शरीरको ताापक्रम सन्तुलन गर्नको साथै चिल्लोमा घुल्ने भिटामिन पोषणको लागि आवश्यक पर्छ। ठोस चिल्लो र धेरै बोसो खानाले स्तन, ठूलो आन्द्रा, प्रोष्टेट, ग्ल्याण्डको क्यान्सर हुने सम्भावना बढी हुन्छ।
क्यान्सर रोकथामका लागि दैनिक उपभोग्य खाद्य पदार्थबाहेक ध्यान दिनु पर्ने कुराहरू–
जाँड रक्सी नखानुस्। अत्याधिक मात्रामा जाँड रक्सी खानाले मुख, घाँटी, कलेजो साथै स्तन क्यान्सरको खतरा उत्तिकै रहन्छ।
धुम्रपान एवं खैनी, गुट्खा, पान, सुपारी तथा तम्बाखु जस्ता वस्तु सेवन नगर्नुस्। जसबाट मुख, घाँटी, श्वास नली, फोक्सो आदिको क्यान्सर हुन्छ।
दैनिक ताजा खाना खाने बानी बसालौँ। धैरै दिन तापक्रम नमिलाई राखेको खानामा विषालु पदार्थ रहन्छ, जसबाट कलेजोको क्यान्सर हुने सम्भावना बढी हुन्छ। त्यसैले फ्रिजमा खाना राख्दा तापक्रम मिलाई खाना राखेको भाँडामा बिर्को राम्ररी बन्द गर्नुपर्दछ। ढुसी परेको वा पुरानो अचार साथै तारेको र मसालेदार खाना नखानु नै उचित हुन्छ।
नूनको मात्रा धेरै भएको खाना कम खाने गरौँ। नून मात्रा बढी खानाले पेटको क्यान्सर हुने प्रवल सम्भावना छ। त्यसैले दिनमा नूनको प्रयोग आधा चिया चम्चा मात्रै गर्नुपर्छ। खनाको स्वाद बनाउन तेज पत्ता, सुकुमेल आदिको प्रयोग गर्न सकिन्छ।
कृत्रिम रंग हाली आकर्षक बनाइएका खानेकुरा सकेसम्म नखाऔँ। प्याकेट बोतल र डिब्बामा बन्द रहेको खानेकुरा मिति हेरी किन्नुपर्छ।
शरीरको वजन, उमेर र लिङ्ग अनुसार सन्तुलित राखौँ। अधिक वजन भएकालाई पाठेघर, प्रोष्टेट ग्ल्याण्ड, पेट र पित्तथैलीको क्यान्सर हुने सम्भावना बढी हुन्छ। त्यसैले हरेक दिन सक्रिय रहौँ। शारीरिक व्यायाममा जोड दिनुपर्छ।
बच्चा जन्मेपछि दुई वर्षसम्म स्तनपान गराउनाले महिलामा स्तन क्यान्सरको जोखिम कम हुन्छ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै