खाना खानेबित्तिकै नगर्नुस् यी काम

हरेक मानिसका आ–आफ्ना बानी हुन्छन्। थाहा पाएर वा नपाएर तिनले फाइदा पनि पुर्याइरहेका हुन्छन्। केही बानीले मानिसलाई हानि पनि गरिरहेका हुन्छन्।
खाना खाइसकेपछि केही न केही गर्ने धेरै मानिसको बानी हुन्छ। केही यस्ता काम छन् जो खाना खानेबित्तिकै गर्दा शरीरमा गम्भीर असर पुग्न सक्छ। खाना खानेबित्तिकै गर्न नहुने केही काम–
पानी नपिउनुस् : मानव शरीरका लागि अत्यावश्यक मानिन्छ पानी। तर, कुनै बेला यो घातक पनि हुन सक्छ। जस्तो, खाना खानेबित्तिकै। हो खाना खानेबित्तिकै पानी नपिउनुस्। यसले पाचनप्रणालीमा असर पुर्याउँछ।
फल नखानूस् : प्राकृतिक रूपमा पाकेका ताजा फल खानु स्वास्थ्यवर्धक मानिन्छ। तर त्यही फल परिस्थितिअनुसार विष पनि बन्न सक्छ। खाना खानेबित्तिकै कुनै पनि प्रकारको फल सेवन गर्नु हानिकारक हुन्छ।
खानेबित्तिकै नसुत्नुस् : खाना खानेबित्तिकै सुतिहाल्ने धेरै मानिसको बानी हुन्छ। यस्तो बानी छ भने हटाइहाल्नुस्। यसले पनि शरीरलार्इ हानि पुर्याउँछ।
ननुहाउनुस् : खाना खानेबित्तिकै नुहाउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ। बरू नुहाएर खाना खानुचाहिँ स्वास्थ्यवर्धक मानिन्छ।
मदिरा नपिउनुस् : त्यसै पनि मदिरा पिउनु स्वास्थ्यका लागि हानिकारक छ। झन् खाना खानेबित्तिकै मदिरा पिउँदा मुटुसम्बन्धी समस्याले सताउन सक्छ।
चुरोट नपिउनुस् : चुरोट पिउनु पनि तपाइँ मात्र होइन नजिक बस्नेको स्वास्थ्यका लागि पनि हानिकारक मानिन्छ। खाना खानेबित्तिकै चुरोट पिउँदा त क्यान्सरको खतरा झन् बढ्छ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै