साना बालबालिकालाई रुघाखोकीबाट जोगाउने कसरी?

अब बिहान बेलुकाको चिसो सुरु भइसकेको र ऋतुपरिवर्तनले विषाणु (भाइरस) को सङ्क्रमण फैलिने समय भएकाले सबै सावधान हुन र यसबाट जोगाउने उपाय गर्न आवश्यक छ।
रुघाखोकीको समस्यालाइ धुलो र धुँवाले झनै जटिल बनाउन सक्छ। बिहान बेलुका कान छोप्ने गरी टोपी वा गलबन्दी बाँध्ने र सो समयमा बाहिर जान नदिने गरेर चिसो लाग्नबाट बचाउन सकिन्छ। रुघाखोकी लागिहालेमा धैर्य गर्नैपर्छ।
यदि अरु लक्षण केही छैन नाकबाट सिंगान बग्ने र खोकी मात्र छ भने डराउनु पर्दैन। तर सावधान भने हुनुपर्छ। उत्तानो सुताउनाले नाकबाट सिंगान बगेर घाँटीमा जाने र झन् खोकी लाग्ने भएकाले कोल्टे सुताउनुपर्छ। विशेषगरी ज्वरो पनि छ भने पूर्ण रूपमा विश्राम गर्न लगाउनु र धुलोबाट जोगाउनु महत्त्वपूर्ण छ।
मनतातो पानी प्रशस्त पिउन दिनुपर्छ। नाक बन्द भएको छ भने उमालेको नूनपानी वा सलाइन पानी दुई थोपा राखेर खोल्न सकिञ्छ। घरेलु औषधि जस्तै अदुवा, तुलसीका पात, कागती र बेसार हालेर उमालेको पानी, ल्वाङ राखेर उमालेको पानी वा तुलसी र अदुवाको २\३ थोपा रस महसित खानाले छिटो सञ्चो हुन सहयोग पुग्छ।
ज्वरोले विषाणु (भाइरस) को प्रकोप कम गर्न सहायता दिने भएकाले धेरै ज्वरो छैन भने विशेष गरी पाँच वर्षभन्दा ठूला बालबालिकाको ज्वरो घटाउन आवश्यक पर्दैन।
डा. आचार्यकाे फेसबुकबाट
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल