विश्व आत्महत्या रोकथाम दिवसः बुझिराखौँ यी कुरा

सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस । विश्वभर जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइन्छ। आत्महत्या रोकथाम विश्वभर नै चुनौतीको रूपमा रहेको छ। प्रत्येक वर्ष आत्महत्याको कारण आठ लाख जनाको मृत्यु भइरहेको छ।
हरेक ४० सेकेण्डमा विश्वमा कतै कुनै व्यक्ति आत्यहत्याका कारण ज्यान गुमाइरहेका हुन्छन्। एक आत्महत्या हुँदा २० ब्यक्तिले यसको प्रयास गरिरहेका हुन्छन्। धेरै व्यक्तिले आत्महत्या गर्न गम्भीर रुपमा सोचेका हुन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर १५ देखि २९ वर्ष समूहमा आत्महत्या मृत्युको दोस्रो प्रमुख कारण हो भने नेपालको अवस्थालाई हेर्दा प्रजनन उमेरका महिलाको मृत्युको प्रमुख कारण आत्महत्या रहेको पाइन्छ। नेपाल प्रहरीको तथ्यांकअनुसार गत वर्ष मात्र पाँच हजार ३४६ जनाले आत्महत्या गरेका छन्।
आत्महत्याका कारण र जोखिमका तत्त्वहरू:
आत्महत्या ब्यक्तिको कमजोरीका कारण हुने नभएर आनुवंशिक मनोवैज्ञानिक, सामाजिक, सांस्कृतिक तथा अन्य जोखिमका तत्त्वहरूको संयुक्त प्रभावका कारण हुने गर्छ। खतराको सूचक जोखिम र सुरक्षाका तत्त्व आदिको जानकारी भए आत्महत्या रोकथाम गर्न सकिन्छ।
मानसिक रोगका कारणहरू:
व्यावहारिक समस्या,
घरेलु हिंसा र यौन दुव्र्यवहार,
पढाइ एवं काममा असफलता,
आर्थिक समस्या,
बेरोजगार हुनु वा रोजगारी गुमाउनु,
दीर्घरोग एवं दीर्घकालीन दुखाइ,
मनोसामाजिक र अन्य आघातजन्य घटना,
सामाजिक रूपमा बदनाम हुनु,
सामाजिक बहिष्कार र एक्लोपन र
तनावको कमजोर व्यवस्थापन।
सम्भावित सूचकहरू :
बारम्बार निराशापन, एक्लोपन,
लागुऔषध र मादक पदार्थको सेवन,
निरन्तर छटपटी,
निन्द्रामा गडबडी,
भावनात्मक उतारचढाव,
आत्यहत्या गर्ने योजना बनाउनु,
निराशाजन्य मनसाय प्रकट गर्नु र
भविष्यप्रति निराश हुनु।
सुरक्षाका तत्त्वहरू:
मनोसामाजिक सहयोग र मानसिक स्वास्थ्य सेवामा पहुँच,
साथीसङ्गी, परिवार समाज र अन्य महत्त्वपूर्ण व्यक्तिहरूको सहयोग,
सामूदायिक क्रियाकलापमा सहभागिता,
भेदभावरहित सामाजिक जीवन,
उत्पादनशील र सकारात्मक सामाजिक तथा साँस्कृतिक अभ्यास,
मनमा कुरा खोल्न मैत्रिपूर्ण वातावरण र
धार्मिक तथा आध्यात्मिक क्रियाकलापमा संलग्नता।
आत्यहत्याको सोच र प्रकति व्यवस्थापन
मनोपरामर्श लिने,
आत्महत्याको सोचबारे मिल्ने साथी वा व्यक्तिलाई भन्ने,
आवश्यक उपचार शुरु गर्ने,
सामाजिक आध्यात्मिक एवं धार्मिक क्रियाकलापमा लाग्ने,
परिवारले पनि सहयोग गर्ने आवश्यक सुरक्षाको योजना बनाउने र
आत्मीय व्यवहार गर्ने।
आत्महत्या रोकथामका आधारभूत ५ चरणहरू :
सम्भावित लक्षणहरूको पहिचान गर्ने,
आत्महत्या निरुत्साहन गर्न भूमिका निर्वाह गर्ने,
मानसिक रूपमा स्वस्थ रहन हेरचाहको अभ्यास गर्ने,
उपलब्ध सेवाबारे जानकारी र पहुच बनाउने र
आत्महत्याबारे खुलेर कुरा गर्ने।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै