प्रत्यारोपणपछि पनि कसरी स्वस्थ रहने ?

जब मिर्गौलाले काम गर्न छोड्छ । बिरामीसँग २ वटा बिकल्प हुन्छन् -डायलाइसिस र प्रत्यारोपण । डाइलाइसिस केही समयका लागि मात्र उपयुक्त हुन्छ । अन्तिममा प्रत्यारोपण नै अन्तिम विकल्प हो ।
मिर्गौला प्रत्यारोपण गरिसकेपछि बिरामीले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ । यस्ता बिरामीले स्वास्थ्य जाँचमा निकै ध्यान दिनुपर्छ ।
प्रत्येक तीन तीन महिनामा स्वास्थ्य जाँच गरी चिकित्सकलाई देखाउनुपर्छ । नियमित जाँच गर्दा प्रत्यारोपण गरेको मिर्गौलाले कति काम गरिरहेको छ भन्ने थाहा हुन्छ । प्रत्यारोपण गरेका बिरामीले चिकित्सकको सल्लाह अनुसार नियमित औषधिको सेवन गर्नुपर्नेहुन्छ । औषधि खान बिर्सें वा आज खाँदिन भन्ने छुट यस्ता बिरामीलाई हुँदैन किनभने एक दिन मात्र औषधि छुट्यो भने यसले मिर्गौलाको काममा असर पार्न थाल्छ ।
त्यसैले यस्ता बिरामीले औषधि पुग्ने गरी आफूसँग राख्नुपर्छ । साथै यात्रामा निस्कने क्रममा पनि औषधि लिएर हिंड्नुपर्छ ।
प्रत्यारोपण गरेका व्यक्तिलाई संक्रमणले छिटो आक्रमण गर्न सक्छ । त्यसैले धुलो धुँवाबाट पनि टाढा रहनुपर्छ । प्रत्येक दिन मनतातो पानीले नुहाउने गर्नुपर्छ । यसले गर्दा शरीर चंगा रहन्छ । आफ्नो ब्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुका साथै स्वस्थ र पौष्टिक आहारको सेवन गर्नुपर्छ ।
डा. दिब्या सिंह शाह
नेफ्रोलोजिस्ट
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल