डिमेन्सियाबारे जानीराखौँ

डिमेन्सियालाई बौद्धिकतामा कमी आउने अवस्था भनिन्छ। बिरामीको सम्झिने शक्तिमा ह्रास आउनु, बोलीमा परिवर्तन आई प्रष्टता नअाउनु,बौद्धिक काम गर्न नसक्नु, व्यवहारमा परिवर्तन अाउनु, घरबाट बाहिर भाग्नु र फर्केर आउन नसक्नु यसका प्रमुख लक्षण हुन्।
सामान्य काम अर्थात् खाना खान वा हिँडडुल गर्न प्रायः समस्या आएको हुँदैन तर बौद्धिकताको कमीले बिरामी कुनै पनि निर्णय लिन नसक्ने, घर व्यवहारको हिसाब गर्न नसक्ने अवस्थामा पुगेका हुन्छन्। यसकारण यी बिरामीहरूमा एकोहोरो हुँदै जाने, कम बोल्ने, सामान्य काममा गल्ती गर्ने र एउटै कुरा पटक पटक दाहोर्याइरहने लक्षणहरू देखिन्छन्।
कारण :
अस्थायी कारण अर्थात् रिर्भसिबल। यसलाई ठीक पार्न सकिन्छ। स्थायी कारण अर्थात् इरिभर्सिबल। यसले मस्तिष्कको विभिन्न भागको कोशिकाहरू सुक्दै जान्छन्।
अस्थायी डिमेन्सिया भिटामिन बी १२ को कमी, अत्यधिक मदिरापान, एचआईभी संक्रमण र नर्मल प्रेसर हाइडोफेसेलस इत्यादिले हुन्छ।
स्थायी डिमेन्सियाका प्रकार :
अल्जाइमर्स डिमेन्सिया
फ्रोन्टो टेमपोरल डिमेन्सिया
भास्कुलर डिमेन्सिया
पत्ता लगाउने तरिका :
बिरामीको लक्षणहरूबाट पनि यो रोग पत्ता लगाउन सकिन्छ । यसैगरी चिकित्सकले जाँच गरिसकेपछि यो समस्या पत्ता लाग्छ। यसैगरी जटिल प्रकारको हो या हाेइन भन्ने कुरा मस्तिष्कको एमआरआई, ढाडको पानीको परीक्षण गरी पत्ता लगाइन्छ। र्इर्इजीले पनि केही विशेष डिमेन्सिया पत्ता लाग्छ।
डा.रागेश कर्णको ‘नशारोग सचेतना’ पुस्तिकाबाट।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल