Health TV Online

कानूनको अटेरी गर्ने सूर्य टोबाकोलाई ठुलै झट्का, स्वास्थ्य मन्त्रालयले काट्योे पत्र, अटेरी गरे कारवाही गर्ने चेतावनी

कानूनको अटेरी गर्ने सूर्य टोबाकोलाई ठुलै झट्का, स्वास्थ्य मन्त्रालयले काट्योे पत्र, अटेरी गरे कारवाही गर्ने चेतावनी

 

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ पूर्ण रुपमा पालना नगरेको भन्दै स्वास्थ्य मन्त्रालयले सूर्य टोबाको कम्पनीलाई पत्र काटेको छ । सुर्तीजन्य पदार्थको बट्टा ,र्यापर्स,प्याकेटमा चेतावनीमूलक सन्देश सहितको चित्र राख्नुपर्ने व्यवस्था भए पनि सूर्य टोबाको कम्पनीले अटेरी गर्दै आएकाले पत्र काटिएको स्वास्थ्यराज्य मन्त्री पद्मा अर्यालले जानकारी दिइन ।
पत्रमा सरकारले जारी गरेको ऐन अनुसार चुरोटको बट्टामा ९० प्रतिशत चेतावनीमूलक चित्र सहितको सन्देश छाप्न भनिएको छ । साथै एक महिना भित्र उक्त विषयका वारेमा जानकारी दिन समेत निर्देशन दिइएको छ । स्वास्थ्य राज्यमन्त्री अर्यालको निर्देशन अनुसार मन्त्रालयले पत्र काटेको हो ।

सरकारले २०७२ जेठ १ गते देखि लागू हुने गरी सुर्तीजन्य पदार्थको बट्टा र्यापर्स,पेटी तथा पार्सलमा मा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्नुपर्ने व्यवस्था गरेको थियो । सो नियम विदेशी कम्पनी लगायत अन्य कम्पनीहरुले यस अघि नै लागू गरिसकेको भए पनि नेपाली बजारमा असी प्रतिशत हिस्सा ओगटेको सूर्य टोबाकोले भने अटेरी गर्दै आएको छ ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै सुर्तीजन्य पदार्थको सेवन विरुद्ध लाग्दै आएकी मन्त्री अर्यालले कानुूनी दायरामा नआउने जोसुकै भए पनि सजायको भागिदार हुने बताएकी छिन । मन्त्री अर्यालको कडा कदमले सूर्य टोबाकोलाई भने ठुलै झट्का लाग्ने पक्का छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार