बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
हेल्थ टिभी अनलाइन : बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगहरु हैजा, झाडापखाला तगा किटजन्य रोग डेंगु, औंलो फैलिन सक्ने भन्दै सजगता अपनाउन स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
बाढीको पानी, बाढीले छोएको पानी पिउँदा पानीजन्य रोगको जोखिम बढ्न सक्ने बताइएको छ । यो बेला शद्धीकरण गरिएको पानी वा उमालेर मात्र पानी पिउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ । यसैगरी अस्थायी शिशिरमा रहँदा लामखुट्टेको जोखिम बढ्ने हुँदा यो कुरामा पनि सबैले हेक्का राख्नपर्नेमा मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
खाना पकाउने स्थान र शौचालयको दूरी अलि टाढा राख्नपर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिन पर्ने तथा बासी वा बाढीमा परेका रासनको प्रयोग नगर्न पनि भनिएको छ । मन्त्रालयले भनेको छ, एउटा विपद्बाट उम्किंदै गर्दा अर्को रोगको महामारीको विपद् आउन नदिऔं ।





बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै
ह्याम्स अस्पतालले बाढी प्रभावितलाई नि:शुल्क आपतकालीन सेवा दिने
स्वास्थ्य सम्बन्धी कुनै पनि सहयोग चाहिएमा १११५ मा कल गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य मन्त्रालयको आपतकालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालहरुलाई तयारी अवस्थामा बस्न निर्देशन