ह्याम्स अस्पतालले बाढी प्रभावितलाई नि:शुल्क आपतकालीन सेवा दिने
हेल्थ टिभी अनलाइन : रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको अकल्पनीय जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ह्याम्स अस्पतालले बाढी प्रभावितलाई निःशुल्क आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेको छ ।
देशमा अप्ठेरो स्थिति सिर्जना परेको अवस्थामा आफनो उत्तरदायित्व सम्झेर आफूहरुले नि:शुल्क आपतकालीन स्वास्थ्य सेवा दिन लागेको अस्पतालले जनाएको छ । यसका साथै सरकारसँगको समन्वयमा आवश्यकता अनुसार मेडिकल टिमसहित विपद् प्रभावित स्थलमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्नसमेत अस्पताल पूर्ण रूपमा तयारी अवस्थामा रहेको पनि अस्पतालले जनाएको छ ।
केही परेमा आपतकालीन स्वास्थ्य सहायता ह्याम्स विपद् व्यवस्थापन सम्पर्क नं ९८०१९०४६४० मा सम्पर्क गर्न अस्पतालले आग्रह गरेको छ ।





सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड
डा कृष्ण पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
छारेरोग सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा