स्वास्थ्य सम्बन्धी कुनै पनि सहयोग चाहिएमा १११५ मा कल गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
हेल्थ टिभी अनलाइन : बुधबार बिहान रसुवामा आएको बाढीपछिको विपद्लाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या, जानकारी वा सहयोग आवश्यक परेमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निशुल्क हटलाइन नंबर १११५ मा सम्पर्क गर्न सबैलाई आग्रह गरेको छ ।
मन्त्रालयले घाइतेको उपचारका लागि सबै ठूला अस्पताल तयारी अवस्थामा राखेको र कयौं घाइतेको उपचार भइरहेको पनि जानकारी दिएको छ । यसैगरी स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको पनि मन्त्रालयले जनाएको छ ।





सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड
डा कृष्ण पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
छारेरोग सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा