नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा सुधा बस्नेत
हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा सुधा बस्नेत नियुक्त भएकी छन् । स्वास्थ्य मन्त्री निशा मेहताले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै बस्नेतलाई अध्यक्ष पदमा नियुक्त गरेकी हुन् ।
यसैगरी परिषद्को उपाध्यक्षमा डा नारायणबहादुर मल्होत्रा नियुक्त भएका छन् । सदस्यहरुमा डा गणेश दंगाल, डा सन्तोष कुमार ठाकुर, डा सतिश कुमार देव, डा धर्मागत भट्टराई र डा रबा थापालाई नियुक्त गरिएको छ ।
नवनियुक्त अध्यक्ष डा बस्नेत त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज मेडिकल क्याम्पसको बालरोग विभागमा प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत छिन् ।
परिषद्को सदस्य सचिवको पदमा भने नियुक्ति गर्न बाँकी छ ।
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन