नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा सुधा बस्नेत
हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा सुधा बस्नेत नियुक्त भएकी छन् । स्वास्थ्य मन्त्री निशा मेहताले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै बस्नेतलाई अध्यक्ष पदमा नियुक्त गरेकी हुन् ।
यसैगरी परिषद्को उपाध्यक्षमा डा नारायणबहादुर मल्होत्रा नियुक्त भएका छन् । सदस्यहरुमा डा गणेश दंगाल, डा सन्तोष कुमार ठाकुर, डा सतिश कुमार देव, डा धर्मागत भट्टराई र डा रबा थापालाई नियुक्त गरिएको छ ।
नवनियुक्त अध्यक्ष डा बस्नेत त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज मेडिकल क्याम्पसको बालरोग विभागमा प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत छिन् ।
परिषद्को सदस्य सचिवको पदमा भने नियुक्ति गर्न बाँकी छ ।









औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम