Health TV Online
Health TV Online
Health TV Online

जलन उपचारमा अपोलोको अनुभव : ८० प्रतिशतसम्म जलेका बिरामीलाई समेत जीवनदान

जलन उपचारमा अपोलोको अनुभव : ८० प्रतिशतसम्म जलेका बिरामीलाई समेत जीवनदान

हेल्थ टिभी अनलाइन : भारतस्थित अपोलो अस्पतालले गम्भीर रूपमा जलेका बिरामीको उपचारमा उत्कृष्ट सेवा दिँदै आएको जनाएको छ। अस्पतालका वरिष्ठ प्लास्टिक तथा कस्मेटिक सर्जन डा कुलदीप सिंहका अनुसार समयमै उचित उपचार पाउन सकेमा शरीरको ठूलो भाग जलेका बिरामीलाई समेत बचाउन सकिने अवस्था रहन्छ । काठमाडौंमा आयोजिक पत्रकार भेटघाट कार्यक्रममा डाकुलदीपले अस्पतालमा उपचारका लागि आएका करिब ८० प्रतिशतसम्म शरीर जलेका बिरामीलाई समेत सफलतापूर्वक बचाउन आफूहरू सफल भइरहेको जानकारी दिएका थिए । उनका अनुसार जलनका बिरामीको उपचारमा अत्याधुनिक प्रविधि, अनुभवी चिकित्सकीय टोली र समयमै गरिने उपचारको महत्वपूर्ण भूमिका हुन्छ।

उनले जलनको उपचारमा स्किन डोनेसन छाला दान अत्यन्त महत्वपूर्ण रहेको बताए। गम्भीर रूपमा जलेका बिरामीको शरीरमा छालाको ठूलो क्षति हुने भएकाले दान गरिएको छालाले उपचारमा महत्वपूर्ण सहयोग पुर्‍याउने उनको भनाइ थियो । स्किन डोनेसनका विषयमा आम नागरिकमा पर्याप्त जानकारी र जनचेतना फैलाउन आवश्यक रहेको उनले बताए। नेपालमा पनि योबारे सचेतना आवश्यक रहेको र यसमा मिडियाको भूमिका महत्वपूर्ण हुने जिकीर गरे ।

कार्यक्रममा डा कुलदीपले आफूले उपचार गरेका केही जटिल जलनका केसबारे जानकारी गराएका थिए । नेपालका पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमतीको जलनको उपचार आफूले गरेको स्मरण गर्दै उनले उनको फोक्सोमा गम्भीर समस्या देखिएको र पछि आफनो टिमले सो समस्या सुल्झाउन धेरै मेहेनत गरेको जिकीर गरे । गम्भीर अवस्थाका बिरामीमा छालाको चोटसँगै श्वासप्रश्वासलगायत शरीरका अन्य अंगमा देखिने जटिलतालाई समेत एकैपटक व्यवस्थापन गर्नुपर्ने उनले बताएका थिए ।

यसैगरी अपोलो अस्पतालका अर्का वरिष्ठ जनरल सर्जन डा अरुण कुमारले नेपालमा पनि दक्ष तथा अनुभवी सर्जनहरूको राम्रो उपस्थिति रहेको बताउँदै उनले आफूहरू लामो समयदेखि रोबोटिक सर्जरीको क्षेत्रमा काम गर्दै आएको जानकारी दिए । नेपालका चिकित्सक तथा स्वास्थ्य संस्थासँग समेत सहकार्य गर्न आफूहरू इच्छुक रहेको समेत उनले जिकीर गरे ।

डा अरुण कुमारका अनुसार नेपालबाट समेत ठूलो संख्यामा बिरामी उपचारका लागि अपोलो अस्पताल पुग्ने गरेका छन्। नेपालका बिरामीलाई आवश्यकताअनुसार अत्याधुनिक उपचार सेवा उपलब्ध गराउँदै आएको उनले बताए।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

यसरी जोगाउनुस् मिर्गौला

यसरी जोगाउनुस् मिर्गौला