Health TV Online
Health TV Online
Health TV Online

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य, विशेषज्ञहरूको अन्तरक्रिया सम्पन्न

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य, विशेषज्ञहरूको अन्तरक्रिया सम्पन्न

हेल्थ टिभी अनलाइन : किस्ट क्यान्सर केन्द्रले मेदान्ता गुरुग्राम सँगको सहकार्यमा टेलिमेडिसिनमार्फत दोस्रो राय तथा टेलि–परामर्श सेवा समेत प्रदान गर्दै आएको छ। अस्पतालका अनुसार यस सहकार्यले नेपालका क्यान्सर बिरामीहरूलाई अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

यसै क्रममा मेदान्ता गुरुग्राम, भारतका क्यान्सर रोग विशेषज्ञ डा सत्य पाल कटारिया विशेष अतिथि वक्ताका रूपमा सहभागी भए । उनको उपस्थितिमा दुई महत्वपूर्ण शैक्षिक तथा चिकित्सकीय कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको अस्पतालले जनाएको छ।

कार्यक्रममा किस्ट शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरूसँगै विभिन्न अस्पताल तथा संस्थाबाट आएका वरिष्ठ चिकित्सक तथा चिकित्सा विशेषज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा क्यान्सर उपचारका नवीनतम प्रविधि, जटिल बिरामीहरूको बहुविषयगत व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा गहन छलफल गरिएको थियो।

अस्पतालले भविष्यमा पनि अन्तर्राष्ट्रिय सहकार्य, विशेषज्ञ सेवा विस्तार तथा आधुनिक उपचार प्रणालीमार्फत नेपालमै गुणस्तरीय क्यान्सर उपचार सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

किस्ट शिक्षण अस्पतालमा क्यान्सर उपचार सेवा अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ टोली तथा बहुविषयगत समन्वयमार्फत प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ। अस्पतालको क्यान्सर उपचार सेवा विभागको नेतृत्व विभागीय प्रमुख प्रोफेसर डा विष्णु दत्त पौडेलले गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार