नेपाल क्यान्सर हस्पिटलकी निर्देशक स्वरुपालाई ‘महिला सशक्तीकरण राष्ट्रिय सम्मान’
हेल्थ टिभी अनलाइन : समाजसेवी तथा नेपाल क्यान्सर अस्पताल र जनमैत्री अस्पतालकी निर्देशक समेत रहेकी स्वरुपा श्रेष्ठलाई ‘महिला सशक्तीकरण राष्ट्रिय सम्मान–२०८२’ बाट सम्मानित गरिएको छ। श्रेष्ठले लामो समेदेखि स्वास्थ्य सेवा, समाजसेवा, उद्यमशीलता र महिला नेतृत्वको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उक्त सम्मान गरिएको हो ।
सगरमाथा प्रतिष्ठान नेपालद्वारा आयोजित एक विशेष समारोहमा श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको हो। सम्मानपत्रमा स्वास्थ्य सेवा, उद्यमशीलता, समाजसेवा तथा महिला सशक्तीकरणको क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको उच्च मूल्यांकन गरेवापत उक्त सम्मान गरिएको उल्लेख छ । श्रेष्ठ उपचारका लागि सहयोगी हातहरु नामक सामाजिक संस्थाकी अध्यक्ष समेत हुन । यो संस्थामार्फत उनले आर्थिक अभावमा उपचार नपाएका विशेष गरी क्यान्सरका बिरामीको लागि सहयोग गर्दै आइरहेकी छिन्।
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड
डा कृष्ण पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
छारेरोग सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न