उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : किष्ट अस्पताल
हेल्थ टिभी अनलाइन : उपसभामुख रुबीकुमारी ठाकुरको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । बुधबार विहान उपसभामुख ठाकुर स्वास्थ्यमा समस्या भएपछि किष्ट अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी थिइन् ।
अस्पतालले आकस्मिक विभागका प्रमुख प्राडा कविता हाडा बाटाजु र उनको टोलीको संलग्नतामा उपचार पश्चात उपसभामुख ठाकुरको अवस्था स्थिर गराइएको जनाएको छ ।
अस्पतालले ठाकुरको थप अनुसन्धानका लागि रगत परीक्षण, सिटिस्क्यान र अल्ट्रासाउण्ड गरिएको जनाएको छ । उपसभामुख ठाकुरलाई भर्ना गरेर मल्टीडिसिप्लेनरी विज्ञहरुको टोलीबाट उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान