उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : किष्ट अस्पताल
हेल्थ टिभी अनलाइन : उपसभामुख रुबीकुमारी ठाकुरको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । बुधबार विहान उपसभामुख ठाकुर स्वास्थ्यमा समस्या भएपछि किष्ट अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी थिइन् ।
अस्पतालले आकस्मिक विभागका प्रमुख प्राडा कविता हाडा बाटाजु र उनको टोलीको संलग्नतामा उपचार पश्चात उपसभामुख ठाकुरको अवस्था स्थिर गराइएको जनाएको छ ।
अस्पतालले ठाकुरको थप अनुसन्धानका लागि रगत परीक्षण, सिटिस्क्यान र अल्ट्रासाउण्ड गरिएको जनाएको छ । उपसभामुख ठाकुरलाई भर्ना गरेर मल्टीडिसिप्लेनरी विज्ञहरुको टोलीबाट उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण