Health TV Online
Health TV Online
Health TV Online

अध्ययन भन्छ -एन्टीबायोटिकको प्रयोग महिलामा बढी, तर जानकारी कम

अध्ययन भन्छ -एन्टीबायोटिकको प्रयोग महिलामा बढी, तर जानकारी कम

हेल्थ टिभी अनलाइन : पुरुषको तुलनामा महिलामा एन्टीबायोटिकको प्रयोग बढी हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। अमेरिकामा गरिएको एक अध्ययनअनुसार महिलामा एन्टीबायोटिकको प्रयोग पुरुषको भन्दा करिब ३४ प्रतिशत बढी रहेको पाइएको छ।

अनुसन्धानकर्ता डा दिपशिखा भट्जा Dr Deepshikha Batheja, Principal Research Scientist का अनुसार महिलामा विशेषगरी युरिनरी ट्रयाक्ट इन्फेक्सन (यूटीआई) बढी देखिने भएकाले एन्टीबायोटिकको प्रयोग पनि तुलनात्मक रूपमा धेरै हुने गरेको छ। यूटीआई महिलामा सामान्य रूपमा देखिने संक्रमणमध्ये एक हो, जसका कारण धेरै महिलाले बारम्बार एन्टीबायोटिक सेवन गर्ने गरेका छन्। यसैगरी सोही अध्ययनमा एन्टीबायोटिकका बारेमा २३ प्रतिशत पुरुषलाई जानकारी हुँदा जम्मा १० प्रतिशत महिलालाई मात्र यसको बारेमा जानकारी छ । यसको मतलब समस्या बढी महिलामा भए पनि यसबारे जानकार कम मात्र महिला रहेका छन् । यसैगरी अध्ययनमा ८४ प्रतिशत महिलालाई २४ महिनामा कुनै न कुनै संक्रमण भएकोमा पुरुष ७४ प्रतिशतमा भएको पाइयो ।

अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर ग्लोबल एएमआर मिडिया अलायन्स Global AMR Media Alliance तथा सीएनएसले आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले यो अध्ययन शेयर गरेकी हुन् ।

अध्ययनले देखाएअनुसार धेरै महिलाले चिकित्सकको सल्लाह बिना नै फार्मेसीबाट सिधै औषधि किनेर खाने ओभर द काउन्टर प्रयोग गर्ने प्रवृत्ति पनि बढ्दो छ। यसरी बिना परीक्षण वा उचित परामर्श एन्टीबायोटिक प्रयोग गर्दा संक्रमण पूर्ण रूपमा निको नहुन सक्छ र समस्या दोहोरिने जोखिम बढने पनि बताइएकाे छ ।

यसैगरी कार्यक्रममा वक्ता Bhakti Chavan, member of the WHO Task Force of AMR Survivors भन्छिन, महिलाहरुमा यूटीआईको सही परीक्षण नगरी बारम्बार एउटै प्रकारको एन्टीबायोटिक प्रयोग गर्दा शरीरमा रहेका जीवाणुमा एन्टीबायोटिक प्रतिरोध विकास भइरहेको छ । धेरै महिलामा गरिएको अध्ययन अनुसार महिलाहरु यूटीआइको लक्षण देखिानसाथ बिना जाच औषधि पसलमा गएर एन्टीबायोटिक खाने गरेको पनि उनले जिकीर गरिन । महिलाहरुको यो बानीले यूटीआईको संक्रमणमा औषधिले काम नगर्ने अवस्था आइरहेको र जसका कारण बिरामीलाई अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने स्थिति समेत सिर्जना भएको जिकीर गरिन । उनले महिला आफै पनि सचेत हुनपर्नेमा जोड दिइन ।

भारतमा गरिएको अर्को अध्ययनले एन्टीबायोटिकबारेको जानकारी महिलामा पुरुषको तुलनामा करिब ४५ प्रतिशत कम रहेको देखाएको छ। यो एउटै घरका श्रीमान र श्रीमतीमा अध्ययन गरिएको थियो । जानकारीको कमीका कारण महिलाहरूले औषधि कसरी र कति दिनसम्म सेवन गर्नुपर्छ भन्ने कुरा पनि प्रायः स्पष्ट रूपमा बुझ्न पाउँदैनन् अध्ययनले भनेको छ ।

कार्यक्रममा Dr Esmita Charani, Associate Professor, University of Cape Town, South Africa; and honorary Reader in Infectious Diseases, AMR and Global Health, University of Liverpool भन्छिन, महिलाहरुमा एन्टीबायोटिकको प्रयोग बढी भए पनि उनीहरुलाई यसबारे कम जानकारी हुनु दुखद भएको र उनीहरुलाई यसबारे जान्ने हक भएको पनि बताउँछिन ।

जनस्वास्थ्य विज्ञ Dr Soumya Swaminathan, Chairperson, MS Swaminathan Research Foundation; former Chief Scientist and former DDG (Prog), WHO; and former Secretary, Dept of Health Research & Director General, ICMR का अनुसार धेरै महिलाले एन्टीबायोटिक सुरु त गर्छन्, तर निर्धारित समयसम्म पूरा नगरी बीचमै छोड्ने प्रवृत्ति पनि देखिन्छ। उनका अनुसार यसको प्रमुख कारणहरूमा स्वास्थ्य सेवामा महिलाको सीमित पहुँच, आर्थिक निर्भरता, घर–परिवारको जिम्मेवारी, तथा समाजमा विद्यमान लैङ्गिक भेदभाव समेत जिम्मेवार हुन सक्छ। धेरै अवस्थामा महिलाले आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा नराख्ने वा स्वास्थ्य संस्थासम्म पुग्न ढिलाइ गर्ने पनि देखिन्छ।

ग्लोबल एएमआर मिडिया अलायन्सकी अध्यक्ष शोभा शुक्लासहित सबै विशेषज्ञहरूकाे एउटै आवाज छ – एन्टीबायोटिक सही तरिकाले प्रयोग गरिए मात्र यसले काम गर्छ, गलत प्रयोगले भविष्यमा प्रभावकारी औषधि नै काम नगर्ने खतरा बढाउँछ। त्यसैले महिला -पुरुष सबैले यसकोबारेमा जानकारी लिएर सही सदूपयोग गर्न जरुरी छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार