जेनजी आन्दोलनमा हालसम्म ३० जनाको मृत्यु, २५३ जना अझै अस्पतालमा
हेल्थ टिभी अनलाइन : जेनजी आन्दोलनका क्रममा हालसम्म ३० जनाको मृत्यु भएको छ । यसैगरी आन्दोलनमा २५३ जना अहिले पनि विभिन्न २८ अस्पतालमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो अपडेटमा उल्लेख छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म १ हजार ३३ जना घाइते भएका छन्। तीमध्ये ७१३ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ भने ५५ जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ।
यसैगरी हालसम्म १२ जनाको जटिल शल्यक्रिया गरिसकिएको छ भने ९ जनाको अझै शल्यक्रिया गर्नुपर्ने देखिन्छ । यीमध्ये ११ जनाको ट्रमा सेन्टरमा शल्यक्रिया भएको हो ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड