फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
हेल्थ टिभी अनलाइन : सोमबार बिहान फेसबुकमा सुसाइड नोट ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा केशव श्रेष्ठ सकुशल भेटिएका छन् ।
उनलाई प्रहरीले खोजी गर्दै जाँदा बालाजुमा भेटेको हो । डा श्रेष्ठ अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । आफूमाथि अन्याय गरिएको भन्दै उनले फेसबुकमा गुनासो व्यक्त गरेका छन् ।
२ वर्षअघि रामेछाप अस्पतालमा सरुवा भएर गएका श्रेष्ठले १८ महिनादेखि अस्पतालको निमित्त प्रमुख भएर काम गरिरहेका थिए । बागमती प्रदेशको लोकसेवा आयोगबाट नाम निकालेर रामेछाप पुगेका उनले १८ महिनामा अस्पताललाई स्तरोन्नति गरेको भए पनि राजनीतिक हस्तक्षेप र कर्मचारीको असहयोगले आफूलाई पीडा भएकाे उनले उल्लेख गर्दै अब सहन नसक्ने बताएका थिए । उनले अस्पतालमा भइरहेको सबै गतिविधि स्वास्थ्य मन्त्रालयलाई जानकारी गराए पनि आफूलाई नै अन्याय गरेको पनि उल्लेख गरेका छन् ।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना