स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि औषधि उद्योगी तथा व्यवसायीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।
आइतबार स्वास्थ्य मन्त्रालयमा उद्योगीहरुसँग छलफल गर्दै मन्त्री पौडेलले औषधिको मुल्य नीति सुझाव समितिको प्रतिवेदनको बारेमा फेरि पनि छलफल गर्न सकिने जनाएका हुन् ।
यसअघि औषधिको मुल्य नीति सुझाव समितिको प्रतिवेदनको विरोध गर्दै १२ वटा संस्था आन्दोलनमा उत्रिएका थिए । मन्त्री पौडेलले आन्दोलनरत पक्षका विषयहरुलाई थप छलफल र परामर्श गरी प्रतिवेदनलाई अन्तिम रुप दिने प्रतिबद्धता जनाएपछि आन्दोलनरत पक्षले विरोधका सबै कार्यक्रम स्थगित गरेका हुन् । उक्त प्रतिवेदनका विषयमा १५ दिनभित्र छलफल सुरू गर्ने जनाइएको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति