औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
हेल्थ टिभी अनलाइन : औषधिको मूल्यमा सुझाव दिन गठित समितिले सरोकारवालाहरुलाई बेवास्ता गर्दै आफूखुशी एक्लौटी रुपमा प्रतिवेदन बनाएर बुझाएको भन्दै यस क्षेत्रका उद्योगी र व्यवसायीले विरोध जनाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई समितिले प्रतिवेदन बुझाउनु अघि नै समितिका सदस्य समेत रहेका औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले प्रतिवेदनमा सरोकारवालाहरुको विषय नपरेको भन्दै नोट अफ डिसेन्ट लेखेका थिए। तर पनि सो कुरालाई वास्ता नगरी सरोकारवालाको कुरै नसुनी मन्त्री समक्ष प्रतिवेदन बुझाएपछि उद्योगी व्यवसायीहरुले सामुहिक रुपमा यसको विरोध गरेका हुन् ।
सरोकारवालाहरुले असहमति जनाउँदा जनाउँदै पनि मन्त्री पौडेललाई प्रतिवेदन बुझाउने तयारी गरेपछि औषधि व्यवस्था विभागमा औषधि उत्पादक, आयातकर्ता तथा व्यवसायीहरुले विरोध जनाएका थिए। नेपाल औषधि उत्पादक संघ, नेपाल आयुर्वेदिक औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायिक संघ, नेपाली निजी अस्पताल संघ, नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ, नेपाल औषधि आयातकर्ता संघ लगायतले संयुक्त आन्दोलनमा जाने जनाएका छन् ।
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति