Health TV Online
Health TV Online

सुर्तीजन्य पदार्थ : वर्षेनी ३९ हजार नेपालीको लिन्छ ज्यान

युवा अवस्थामै ह्दयघात हुनुको ९८ प्रतिशत कारण धुम्रपान

सुर्तीजन्य पदार्थ : वर्षेनी ३९ हजार नेपालीको लिन्छ ज्यान

हेल्थ टिभी अनलाइन : सामान्यतया सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर गराउँछ, भन्ने धेरैलाई जानकारी छ । तर यसले मानव शरीररको टाउकोदेखि खुट्टासम्म असर गर्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । अझ भनौं सुर्तीजन्य पदार्थको सेवनले हानी नपुराउने कुनै अंग नै छैन्।

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला भन्छन्, ‘अहिले कम उमेरमा ह्दयघात भएर अस्पताल आउनेमध्येको कारण खोज्दा पहिलो र प्रमुख धुम्रपानको सेवन भेेटिन्छ । युवा अवस्थामा ह्दयाघात हुनुको ९८ प्रतिशत कारण धुम्रपान पाइएको छ । गंगालालमा त अध्ययन नै भएको थियो । जति जति युवाहरु धुम्रपानको लतमा जान्छन त्यति त्यति युवा अवस्थामै हुने ह्दयघात पनि बढ्दै जान्छ । उनले थपे, आजभोलि त झन सिगरेटसँगै इ सिगरेट भेपको पनि फेसन बढेको छ । उनीहरुले फेसनका रुपमा र देखासिकीमा खाएको त्यो इ सिगरेट चुरोटभन्दा पनि ४० गुणा बढी हानिकारक छ भन्ने कुरा बुझाउन जरुरी छ । यसको मतलब चुरोट र भेप खानु दुबै स्वास्थ्यका लागि अत्यन्त हानिकारक छन्। मुटुमा त झन सिधै असर गर्छ ।’

सुर्तीजन्य पदार्थको सेवनले सेवन गर्ने व्यक्तिलाई मात्र असर गरिरहेको छैन्। यो एक जना व्यक्तिको मात्र समस्या होइन । यो सम्पूर्ण समाज र राष्ट्रकै स्वास्थ्य, अर्थतन्त्र, र सामाजिक संरचनामा असर पार्ने गम्भीर सार्वजनिक जनस्वास्थ्य चुनौती हो। एकातर्फ यसले व्यक्तिको जीवनशैली र स्वास्थ्यमा दीर्घकालीन असर पार्छ भने अर्कोतर्फ यसले स्वास्थ्य सेवामा खर्च बढाइरहेको छ ।

सुर्तीजन्य पदार्थको सेवनले ह्दयघातको जोखिम बढाए जस्तै मस्तिष्कघातको जोखिम पनि उत्तिकै रुपमा बढाउने बताउँछन, वरिष्ठ न्यूरो सर्जन डा वसन्त पन्त । उनले हेर्दा सिधै असर गरे जस्तो नदेखिए पनि सुर्तीजन्य पदार्थले रक्तनलीहरु साँघुरो बनाएर मस्तिष्कघातको जोखिम बढाउने काम गरिरहेको बताए । उनले सुर्तीजन्य पदार्थको नियमित सेवन गर्ने र नगर्ने व्यक्तिको मस्तिष्कमा नै फरक देखिने समेत जिकीर गरे ।

उता इन्डोक्राइनोलोजिस्ट डा ज्योति भट्टराई भन्छिन्, ‘सुर्तीजन्य पदार्थले टाउकोदेखि खुट्टासम्म असर पुर्‍याउँछ। यसले मुटुको धड्कनमा गडबडी ल्याउन सक्छ, रक्तनली कमजोर बनाउनसक्छ, मस्तिष्कमा रगतको आपूर्ति कम गराउन सक्छ, स्ट्रोक निम्त्याउन सक्छ, महिलामा गर्भपतनको जोखिम बढाउँछ, बढी सुर्तीजन्य पदार्थ सेवन गर्ने महिलाको समयपूर्व नै कम तौलको सन्तान जन्मिन सक्छ , मधुमेहको जोखिम बढाउँछ । यी बाहेक दम, श्वासप्रश्वासमा समस्या, कमजोर बनाउने त छँदैछ ।’

नसर्ने रोगहरुको प्रमुख कारकको रुपमा रहेको सुर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा प्रत्येक वर्ष झण्डै ३९ हजार मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । जुन बचाउन सकिने मृत्यु हो । सुर्तीजन्य पदार्थको सेवनका कारण हुने ८० प्रतिशत मृत्यु न्यून तथा मध्य आय भएका मुलुकहरुमा छ । सुर्तीजन्य पदार्थहरू जस्तै: चुरोट, बीडी, खैनी, सुर्ती, गुट्खा, पानपराग आदिको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ भन्ने कुरा धेरैलाई जानकारी हुँदाहुँदै पनि यसको सेवन गरिरहेका छन् ।

सुर्तीजन्य पदार्थको सेवनले सेवन गर्ने व्यक्तिलाई मात्र असर गरिरहेको छैन्। यो एक जना व्यक्तिको मात्र समस्या होइन । यो सम्पूर्ण समाज र राष्ट्रकै स्वास्थ्य, अर्थतन्त्र, र सामाजिक संरचनामा असर पार्ने गम्भीर सार्वजनिक जनस्वास्थ्य चुनौती हो। एकातर्फ यसले व्यक्तिको जीवनशैली र स्वास्थ्यमा दीर्घकालीन असर पार्छ भने अर्कोतर्फ यसले स्वास्थ्य सेवामा खर्च बढाइरहेको छ ।

नसर्ने रोगहरुको प्रमुख कारकको रुपमा रहेको सुर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा प्रत्येक वर्ष झण्डै ३९ हजार मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । जुन बचाउन सकिने मृत्यु हो ।

सुर्तीजन्य पदार्थको कारण विपन्न वर्ग झनै थप गरिबीको रेखामूनि जाने हुँदा त्यसलाई नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा कम्तीमा ७५ प्रतिशत कर लगाउनपर्ने बताउँदै आएको छ । तर सरकारले यस वर्ष पनि कर बढाएन । नेपाल दक्षिण एशियामै कम कर लगाउने देशमा पर्छ । नेपालमा २८ दशमलब ९ प्रतिशत वयस्क व्यक्तिहरुले सुर्तीजन्य पदार्थको सेवन गर्छन । जसमध्ये महिला ११ दशमलब ६ प्रतिशत र पुरुष ४८ दशमलब ३ प्रतिशत छन्।

सुर्तीजन्य पदार्थबाट युवापुस्तालाई जोगाउन राज्यले विशेष भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ । सरकारले करको दर वृद्धि गरेर यस्ता पदार्थलाई महँगो बनाउनु पर्दछ, जसले गर्दा सामान्य व्यक्ति विशेषगरी युवाहरूले यसमा पहुँच पाउने सम्भावना कम हुँदै जान्छ । यसैगरी खुद्रा विक्री र यस्ता उत्पादनको विज्ञापन, प्रायोजन, र प्रवर्द्धनमा कडाई गर्न जरुरी छ। जुन लुकीछिपी यो वा त्यो नाममा भइरहेको छ ।

सुर्तीजन्य पदार्थको सेवन तथा विक्री वितरणमा कडाइ गरेर ती ३९ हजार जना व्यक्तिको ज्यान जोगाउने जिम्मा राज्यको हो । राज्य यसमा लागोस् । विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको शुभकामना ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट