Health TV Online
Health TV Online

सुरेश वाग्ले क्यान्सर सेन्टरमा १० शैयाको आकस्मिक कक्ष

सुरेश वाग्ले क्यान्सर सेन्टरमा १० शैयाको आकस्मिक कक्ष

हेल्थ टिभी अनलाइन : त्रिवि शिक्षण अस्पतालको सुरेश वाग्ले क्यान्सर सेन्टरमा १० शैयाको आकस्मिक कक्ष सञ्चालनमा ल्याइएको छ ।

शुक्रबार क्यान्सर बिरामीहरुका लागि बनाइएको उक्त (अंकोलोजी इमरजेन्सी) आकस्मिक कक्षको उद्घाटन चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्राडा मोहनराज शर्माले गरे । यो कक्ष बनेसँगै क्यान्सरका बिरामीले सिधै सुरेश वाग्ले क्यान्सर सेन्टरको भवनमा रहेको आकस्मिक कक्षबाटै सेवा लिन सक्ने र त्रिवि शिक्षण अस्पतालको मुख्य भवनमा भीड कम हुने अस्पतालका कार्यकारी निर्देशक प्राडा सुवासप्रसाद आचार्यले बताए ।

क्यान्सर सेन्टरमा क्यान्सर बिरामीकै लागि छुट्टै आकस्मिक कक्ष नहुँदा समस्या हुँदै आएकोमा अब भने बिरामीलाई सहज हुने उनले जिकीर गरे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट