Health TV Online
Health TV Online

क्यान्सरबारे जनचेतना जगाउन सर्भाइभर्स दिवस मनाइँदै

क्यान्सरबारे जनचेतना जगाउन सर्भाइभर्स दिवस मनाइँदै

हेल्थ टिभी अनलाइन : क्यान्सरबारे जनचेतना जगाउन नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले आइतबार सर्भाइभर्स दिवस मनाउने भएको छ ।

जुन महिनाको पहिलो आइतबार सर्भाइभर्स दिवसको रूपमा विश्वव्यापी रूपमा मनाउने गरिन्छ । यो महत्त्वपूर्ण दिवसलाई नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले पनि जुन महिनाको पहिलो आइतबार अर्थात् जुन १ (ज्येष्ठ १८ गते)का दिन सभाइभर्स दिवसको रूपमा विशेष कार्यक्रम गरी मनाउन लागेको संस्थाकी अध्यक्ष प्रमिता खनालले जनाइन् ।

क्यान्सरलाई जितेकाहरुको जीवन सुधार गर्न थप अनुसन्धान, थप स्रोतहरू र जनचेतना बढाउनको लागि विश्वव्यापी रूपमा सर्भाइभर्स दिवस मनाउने गरिन्छ । २० नोभेम्बर १९८७ का दिन न्यु मेक्सिकोमा क्यान्सर सर्भाइभर्सहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको निर्णय अनुसार ५ जुन १९८८ मा पहिलो राष्ट्रिय क्यान्सर सभाइभर्स दिवस मनाइएको थियो । त्यो ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै यो वर्ष जुन १ का दिन ३८ औँ क्यान्सर सभाइभर्स दिवस सम्पन्न गरिँदै छ । क्यान्सरको इतिहास भएकाहरूको सम्मान, क्यान्सरबाट बाँचेकाहरूको चुनौतीप्रति जागरूकता र भविष्यका लागि प्रेरणादायी आशाको लागि सर्भाइभर्स दिवस मनाउन लागिएको हो ।

विश्वव्यापी रूपमा अहिले पनि पाँच करोड पैँतीस लाख मानिसहरू क्यान्सर विजेताको रूपमा रहेका छन् । उनीहरूका चुनौतीहरू बढ्दै गएको अवस्था पनि छ । यस प्रकारका चुनौतीहरूका विरुद्ध सङ्घर्ष गर्न एक अर्काको सङ्घर्षका कथाहरू साझा गर्ने, अरूलाई सकारात्मक रूपमा प्रेरित गर्ने तथा आफ्नो शक्ति र साहसलाई उजागर गर्दै क्रियाशील हुनु महत्त्वपूर्ण विषय हो । कार्यक्रममा सम्मान तथा कल्चर कार्यक्रम समेत प्रस्तुत गरिनेछ ।

क्यान्सर सम्बन्धी जनचेतना, मनोपरामर्श, स्कुल तथा कलेजका विद्यार्थीहरूको लागि सचेतना कार्यक्रम, स्क्रिनिङ क्याम्प लगायतका विभिन्न गतिविधिहरू गर्दै आएको क्यान्सर योद्धाहरूको संस्था, नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले आफ्नो स्थापनाकालदेखि नै विभिन्न प्रकारका गतिविधिहरूलाई तीव्रता दिँदै आएको छ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट