अब आफू बसेकै स्थानबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने

हेल्थ टिभी अनलाइन : अबदेखि स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रथम सेवा बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान विन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव बुधबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेपछि अबदेखि बीमितले यो सुविधा लिन पाउने भएका हुन् । यसअघि बीमितले तोकेको प्रथम सेवा विन्दुमा देखाएर आवश्यक परेमा मात्रै थप उपचारका लागि सूचीकृत अस्पतालमा सेवा लिन पाउँथे ।
याेसँगैअब बीमित जहाँबाट स्वास्थ्य बीमामा आवद्ध भए पनि बसेको ठाउँको नजिकको प्रथम सेवा विन्दुमा गएर बीमा सुविधा लिन सक्ने छन् । पहिले जस्तो तोकिएकै ठाउँमा जानु पर्ने अवस्थाको अन्त्य भएको छ ।
यसैगरी मन्त्रिपरिषदबाट पारित प्रस्तावअनुसार अब स्वास्थ्य बीमाको सेवा लिनका लागि तीन महिना पर्खनु पर्नेमा अब एक महिनाभित्रै सेवा लिन सकिने भएको छ । बिमितलाई यसले सेवा लिनका लागि थप सहजता प्रदान गर्ने स्वास्थ्य मन्त्री पौडेलले बताए ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights