Health TV Online
Health TV Online

शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट

शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट

हेल्थ टिभी अनलाइन : शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्कीमाथि आक्रमण भएको छ । आक्रमणमा परी उनको आँखामा गम्भीर चोट लागेको छ । उनको अहिले तिलगंगा आँखा अस्पताललमा उपचार भइरहेको छ ।

रिपोर्टिङका लागि पुगेकी पत्रकार कार्कीलाई प्रहरी र शिक्षकबीचको झडपको क्रममा आँखामा चोट लागेको थियो । प्रहरीले हानेको पानीको फोहोराले कार्कीको आँखामा चोट लागेको बताइएको छ । यहीवीच नेपाल पत्रकार महासंघको टोलीले घाइते पत्रकारको अवस्था बुझ्न अस्पताल पुगेको थियो । महासंघले दोषीमाथि कारवाही तथा नि:शुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार