आवासीय चिकित्सक पनि आन्दोलनमा
मन्त्रीले बोलाए वार्तामा

हेल्थ टिभी अनलाइन : निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले निर्णय गरेको निर्वाह भत्ता आफूहरुले नपाएको भन्दै सोको माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनको नेतृत्व नेपाल चिकित्सक संघले गरेको छ । संघले बुधबार पत्रकार सम्मेलन गर्दै बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने जनाएको थियो । सो अनुसार आज चिकित्सकहरु माइतीघरमा जम्मा भएर स्वास्थ्य मन्त्रालय जाने क्रममा सुरक्षाकर्मीले रोकेका छन् ।सोही क्रममा चिकित्सक र सुरक्षाकर्मीबीच झडप समेत भएको छ। सुरक्षाकर्मीले उनीहरुलाई अघि बढ्नबाट रोक्ने प्रयास गरिरहेको छ।
यहीवीच स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले उनीहरुलाई वार्ताका लागि बोलाएका छन् ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights